सबै काम अलपत्र पारेर किन यूरोप हिँडे नेता रामचन्द्र पौडेल ?

काठमाडौं, वरिष्ठ नेता रामचन्द्र पौडेल जनसम्पर्क समितिको अधिवेशन उद्घाटनका लागि युरोप हिँडेपछि काँग्रेसको केन्द्रीय कार्यसम्पादन र अनुशासन समिति गठन प्रकृया अलपत्र भएको छ । भागबण्डा नपाएको भन्दै पौडेलले असहमति जनाएपछि गत बिहिवार समिति गठनका लागि बोलाइएको बैठक स्थगित भएको थियो । हाम्राकुरा अनलाईनका अनुसार, त्यही शुक्रवार बेलुका पौडेल युरोपतिर लागेपछि उनै एक जनाको अनुपस्थितिका कारण काँ‌ग्रेसको बैठक नै अनिश्चित बनेको छ ।

अनलाईन अगाडि लेख्छ– विधानत दुई महिनाभित्र गर्नुपर्ने काम सभापति शेरबहादुर देउवाले दुई बर्षपछि मात्रै गर्न खोजिरहेका छन् । सभापति देउवाले यति ढिलो निर्णय लिन गरेको प्रयासमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल तगारो बनिदिए । परिणाम के भने कार्यसम्पादन र अनुशासन समिति गठन प्रकृया झन पर धकेलियो ।

पार्टीको १३ औं महाधिवेशनपछि तत्कालीन कोइराला गुटका नेता बनेका पौडेल त्यसयता पार्टीलाइ बिचार दिने र सही बाटोमा लैजाने भन्दा बढी देउवालाई असफल सावित गराइ १४ औं महाधिवेसनमा आफु सभापति बन्ने दाउमा केन्द्रित छन् । त्यसैले सभापति देउवा पक्ष पौडेलको यस्तो कदमलाई च्याखे थाप्ने प्रवृति भनिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!