कास्की आदर्श सेवा समाजद्वारा गायिका हरिदेविलाई सम्मानसहित बिदाई 

दोहा,असोज१। कास्की आदर्श सेवा समाज कतारले वरिष्ठ लोक गायिका, साहित्यकार एवं प्राज्ञिक ब्यक्तित्व हरिदेवि कोइरालालाई सम्मान सहित बिदाई गरेको छ ।

समाजले नेपाली नारीहरुको माहान चाड हरितालीका तिजको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी हुन कतार आएकि गायिका कोइरालालाई एक कार्यक्रमका बिच शनिबार सम्मान गर्दै बिदाई गरेको हो ।

सम्मान ग्रहण गर्दै गायिका कोइरालाले कतारबासी पोख्रेलीको मायाले आफू नेपालमै रहेको अनुभुती गरेको भन्दै समाजको सम्मानले आफुलाई लोक संस्कृतिको जगेर्ना गर्न थप प्रेरणा मिलेको बताइन् ।

कास्की आदर्श सेवा समाज कतारले नेपाली गित संगीतको संरक्षणमा लागेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि आफ्नो कला र संस्कृतीको संरक्षण गर्ने कार्यलाई निरन्तरता दिन आग्रह गरिन ।

समाजका अध्यक्ष बिश्वबन्धु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की आदर्श सेवा समाजका प्रमुख संरक्षक हंसराज ढकाल क्षत्री, संरक्षक बिल गुरुङ, बिमल सुबेदी, प्रमुख सल्लाहकार मन प्रसाद राना , सल्लाहकार राम प्रसाद गौतम, आश बहादुर गुरुङ, रेशम बस्नेत, कृष्ण बहादुर कार्की, उपाध्यक्ष एवं फेवा सास्कृतिक परिवारका संयोजक प्रकाश बिश्वकर्मा,खेलकुद बिभाग संयोजक मान बहादुर कुवर, कोषाध्यक्ष अग्निधर देवकोटा, सह-कोषाध्यक्ष बाबुराम थापा, फेवा सास्कृतिक परिवारका सचीव सावित्री गिरि लगाएतले मन्तव्य राखेका थिए भने संचालन समाजका सह-सचीव अमृत बिश्वकर्माले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!