मदनकृष्ण श्रेष्ठको दायाँ मष्तिष्कको जटिल शल्यक्रिया सम्पन्न

काठमाडौं, असौज १ । वरिष्ठ कलाकर्मी मदनकृष्ण श्रेष्ठको मस्तिष्कको दायाँभाग समेत डीबिएस शल्यक्रिया, गरिएको छ ।

पार्किन्सन रोगले पीडित श्रेष्ठको मस्तिष्कको दायाँ ‘ग्लोबस पल्लिडस’, भन्ने स्थानमाा डिप ब्रेन सिमुलेसन (डीबिएस) शल्यक्रिया गरिएको हो ।

उनको मष्तिष्कमा नयाँ तार राखेर पुरानै पेशमेकर समेत स्थापना गरिएको छ । विगत नौ वर्षदेखि रोगसँग लडदै आएको श्रेष्ठको चार वर्ष अघि दाहिने भागमा पार्किन्सनको लक्षण बढी देखिएको थियो । त्यतिखेर उनको मस्तिष्कको देब्रेपट्टि ‘डिप ब्रेन सिमुलेसन’ शल्यक्रिया गरिएको थियो ।

अन्नपूर्ण न्युरो अस्पताल बाटै मुलुकमा पहिलोपटक मदन कृष्णमा शल्यक्रिया गरिएको जनाउँदै बरिष्ठ स्नायु शल्य चिकित्सक प्रा।डा। बसन्त पन्तले विगतका दिनमा यस्तो शल्यक्रिया थुप्रै संख्यामा भएको कान्तिपुरले उल्लेख गरेको छ ।

अहिले वहाँको स्वास्थ्यस्थितिमा सुधार देखिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!