नेपाल आदिवासी जनजाति महासंघ मलेशियाका अध्यक्ष पिटि शेर्पा निलम्बित

नेपाल आदिवासी जनजाति महासंघ मलेशियाका अध्यक्ष पिटि शेर्पा पदबाट निलम्बित

मलेशिया,असोज १ ।मजदुर ठगीको आरोपमा लामो समय देखि बिबादमा तानिएका आदिवासी जनजाती महासघ मलेशियाका अध्यक्ष अध्यक्ष फूपू तेम्बा शेर्पा पिनासा (पिटि) लाई पद र संस्थाबाट निलम्बित गरिएको छ।

नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाको आइतबार क्वालालम्पुरमा बसेको सचिवालय समितीको बैठकले केन्द्रिय अध्यक्ष फूपू तेम्बा शेर्पा पिनासा (पिटि) लाई पदबाट निलम्बन गरेको हो।

केही दिन देखि विभिन्न विवादमा शेर्पाको नाम मुछिदै आइरहेको थियो ।ठगि ,दलाली,आर्थिक हिनामिना लगायतका विभिन्न आरोप सहित घर फर्किने बिश्वासका साथ शेर्पा कहाँ पुगेका अबैधानिक कामदारहरुले आफुहरु लाई विभिन्न बहानामा दु:ख दिदै आइरहेको र यो समस्याबाट मुक्त हुन पाउ ,भन्दै शेर्पा विरुद्ध नेपाली राजदुतावास मलेसियामा उजुरी समेत परेको थियो।

सेर्पा विरुद्धको उजुरी पाउना साथ दूतावासले अबैधानिक नेपालीहरु लाई नेपाल फर्काउने ब्यवस्था मिलाउन सेर्पालाइ अल्टिमेटम समेत दिएको थियो । ठगीको उजुरी माथि छानबिन गर्दै शेर्पाले बिधि बिधान बिपरित विभिन्न किसिमका विवादित कार्य गरेकोले सस्थाले समेत निलम्बन गरेको बरिस्ठ उपाध्यक्ष राम तामाङ र महासचिव सबिन लोप्चन द्वारा हस्तक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख छ।

यता शेर्पा किदुग मलेसियाले पनि फूपू तेम्बा शेर्पा पिनासा (पिटि) विरुद्ध कडा प्रेस बिज्ञप्ति जारी गर्दै किदुग भित्र संयोजक सल्लाहकारको रुपमा बसि काम गर्दै आइरहेका शेर्पा लाई साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको बिज्ञप्ति मार्फत जानकारी गराएको थियो ।

नेपाल आदिबाशी जनजाति महासंघ मलेसियाको गत तेस्रो अधिबेशन बाट किदुगको तर्फबाट अधिबेशनमा सिफारिस स्व: मिङमा शेर्पा अध्यक्षमा निर्वाचित भएका थिए।अध्यक्षमा आसिन रहेका मिङमाको करिब ३ महिना पछि निधन हुन पुग्यो ,त्यस पश्चात् किदुगको कार्यसमितीले नै निर्णय गरेर संयोजक सल्लाहकारको भुमिकामा रहेका फूपू तेम्बा शेर्पा पिनासा (पिटि )लाई महासंघको अध्यक्षको कार्यभार समहाल्न अगाडि सार्दै सिफारिस गरेको थियो। यस्तै महासंघ मलेसियाको कार्यसमितीले समेत सो निर्णयलाई अनुमोदन गर्दै बिश्वासको साथ अध्यक्षको जिम्मेवारी सुम्पेको थियो।

कसरी तानिए शेर्पा विवादमा ?

केही महिना अगाडि देखि शेर्पाले समाजिक संजाल लगायतका ग्रुप च्याटहरुमा खुल्ला रुपमा चुनौती दिदै किदुङको विरुद्धमा जथाभावी अभिब्यक्तीहरु दिदै आइ रहेका थिए।कहिले क्वालालम्पुर कोतरायामा किदुङको बैठक बसे प्रहरी बोलाएर जेलमा थुन्न लगाउछु मार्छु कुट्छु ,सस्थालाइ फुटाउदै ताप्लेजुङ प्रवास समिती स्थापना गर्छु।लगायतको विवादित अभिब्यक्ति र ठाडो चुनौती दिदै आइरहेका थिए।

अबैधानिक कामदारलाई ठग्ने , भिजा लगाइदिने बहानामा कामदार संग रकम असुल गर्ने ,आर्थिक हिनामिना गर्ने,धाकधम्की दिने लगायतको क्रियाकलाप तिब्र रुपमा बढेकोले दूतावास मलेसियामा शेर्पा विरुद्ध उजुरी समेत परेकोले शेर्पा किदुग मलेसियाले साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको बिज्ञ्यप्तीमा उल्लेख छ।भने आगामी दिनमा कुनैपनि सघ संस्थाले साधारण सदस्यता समेत नदिन पनि आग्रह पनि गरिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!