सौर्य एयरको विमानमा चरा ठोक्किन पुग्दा ग्राउन्डेड

विराटनगर, असोज १ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान साढे ८ बजे चरा ठोक्किएको सौर्य एयरलाइन्सको विमान विराटनगरमा ग्राउन्डेड भएको छ ।

चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएको उक्त जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउन्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय शाखाका निमित्त प्रमुख सन्तोष ढकालले जानकारी दिए ।

ग्राउन्डेड विमानको मर्मतमा इन्जिनियरहरु खटिएका छन् । सौर्य एयरलाइन्सको विमान उन्डेड भएपछि विराटनगरबाट काठमाडौं हुने चारवटा फ्लाइट अवरुद्ध भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!