‘भद्रगोल’का सीतेबा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै, प्रतियोगीतामा धुर्मुस सुन्तली भिड्दै

काठमाडौं, असोज १ । हाँस्य टेलिचलचित्र ‘भद्रगोल’का हाँस्य कलाकार सीतेबा उर्फ मधुसुदन पाठकले तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएका छन् ।

पाठक अध्यक्ष रहेको जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराएको हो । उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्तरुपमा ब्याटमिन्टनको उद्घाटन गर्नुका साथै दुवैजनाले ब्याटमिण्टन खेल्ने पाठकले बताए । पत्रकार सम्मेलनमा बोल्दै सीतेबाले आफ्नो खेलप्रतिको रुची र प्रेमले प्रतियोगिताको आयोजना गरिएको बताए ।

ब्याटमिण्टनको लोकप्रियता देशैभरि भएकोले स्वास्थ्यको हिसाबले राम्रो हुनुका साथै अस्पताल अनावश्यक धाउनुपर्ने झन्झट घट्ने सीतेबाको भनाई रहेको छ । प्रतियोगिता असोज ३ गते एकेडेमीको हल बसुन्धरामा हुनेछ ।

प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको छ । यसपटक पुरुष युगल खुल्लालाई प्रतियोगितामा समावेश गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन टिमका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक सुदिप योन्जनले जानकारी गराए । खेलका हरेक विधाका विजेताहरुलाई नगद राशीसहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!