आँधीको त्रासदी [फोटोफिचर]

 फिलिपिन्स, असाेज १ । केही दिनदेखि आएको आँधी अमेरिका, फिलिपिन्स, हङकङ, मकाउलगायतका क्षेत्रमा ठूला धनजनको क्षति गरेको छ । म्याङ्कुट नामक आँधीमा परी फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ । आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ ।

आँधीले रुखहरु ढालेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको बताइएको छ । लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ । आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन टापूमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

आँधीको प्रभाव फिलिपिन्सबाट क्रमशः हङकङ र पूर्वी चीनमा देखिन थालेको छ । फिलिपिन्सपछि हङकङ, मकाउ सर्दै गरेको आँधीले त्यहाँ जनजीवन पनि प्रभावित पारेको छ ।

 

AP Photo/Aaron Favila /Vincent Yu

कमेन्ट गर्नुहोस्

error: Content is protected !!