खोलामा ढुंगाले लागेर एक महिलाको मृत्यु

बलेवा, असोज १ । बागलुङको बडिगाड खोलामा ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ ।

ढुङ्गा लागेर अर्घाखाँची घर भएकी ३५ वर्षीया बिबिरन खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए ।

खातुन भीमगिठेतर्फ जान लाग्दा ढुङ्गाले लागेको थियो । सो ठाउँमा लगातार पहिरो खसिरहेको छ । पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । यात्रु बाटोमै अलपत्र छन् ।

शनिबार राति तुरतुरेको पहिरो खस्दा बडिगाड खोला थुनिएर ठूलो ताल बनेको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!