जिप दुर्घटना हुँदा विदेशी नागरिकको मृत्यु

ओखलढुङ्गा, असोज १ । उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

एक विदेशी नागरिकसहित आठ जना घाइते भएका छन् ।

विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै मृत्यु भएको घुर्मीका ट्राफिक इञ्चार्ज रामकुमार साहले जानकारी दिए । उनी कुन देशको नागरिक भन्ने खुल्न सकेको छैन ।

काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको ना१ज ७९६९ नं को जीप उदयपुरको कटारी नगरपालिका– १४ घुर्मी बजार नजिक दुर्घटना भएको हो ।

जीप सडकबाट करीब एक सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!