कतारमा तीज विशेष कार्यक्रम सम्पन्न

दोहा, असोज । हरितालिका तीज पर्वको अवसरमा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा स्थापित ७७ संघ संस्थाहरुको संयुक्त आयोजनामा भब्यरुपमा तीज कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार दोहाको गल्फ प्याराडाईज होटल सभाहलमा सस्थाका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा र नेपाली दूतावास कतारका राजदुत रमेशप्रसाद कोइरालाको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी पत्रकारहरुको बाक्लो उपस्थित थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली राजदुतावास कतारका राजदुत रमेश प्रसाद कोइरालाले तीज पर्व सम्पूर्ण नेपाली महिलाहरुको हकहितको निम्ति बुलन्द पार्ने चाड हो, तीज पर्व प्रबासमा रहेर पनि यसरी सयुक्त संघसस्था मिलेर मनाउँदा खुशी भएको बताए ।

साथै कतारमा कुनै नेपालीलाई समस्या परेमा दूतावास लाई खबर गर्न आग्रह गरे ।

एनआर एन ए आई सि सि मानार्थ सदस्य नरेन्द्र भाट, आईसीसी सदस्य विनोद भट्टराई, होमनाथ शर्मा, कुमार कार्की, एनआरएनए कतारका सल्लाहकार गुरु नारायण रानाभाट, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि जनप्रगतिशिल मञ्च कतार पाचौं महाधिवेशन सह सयोजक राजु डुम्रे, तराई मधेस प्रवासी मञ्च अध्यक्ष हुसेन खान, विवेकशील साझा पार्टी कतारका सुरेश भट्ट, नयाँ शक्ति कतारका अध्यक्ष देव परियार, आयोजक सस्थाहरुको तर्फबाट नेपाली महिला समाज दिर्तिय उपाध्यक्ष जानुका बस्नेत, प्रदेश समन्वय समितिका महासचिव टिएन बराल लगायत उच्च ब्यक्तित्वहरुको उपस्थित एबम शुभकामना दिएका थिए ।

त्यस्तैगरी सस्थाले उपस्थिति सबैलाई दरका बिभिन्न नेपाली परिकारहरु खुवाएको थियो ।

कार्यक्रममा चर्चित रास्टिय गायिका शिलु भट्टराई, सल्मा तामाङ, सबिना लोप्चन, मन्जु श्रेष्ठ, पुजा लामा, रितकुमार श्रेष्ठ, निनल गुरुङ, जिना पुलामी मगर, जेनिफल कुईकेल जनक थापा मगर, गीता भुजेल, बिन्दा लिम्बूलगायत स्थानीय कलाकारहरुले तीजका मीठा–मीठा गीत र नाचले मनोरञ्जन दिएका थिए।

राष्ट्रिय कलाकार सिलु भट्टराईले श्रोतालाई तिजका गित प्रस्तुत गरेर नचाएकी थिईन ।

उक्त साङ्गेतिक कार्यक्रमको संचालन आशा मगरले गरेकी थिइन ।

कार्यक्रमका सभापति नवीन पोखरेलले कार्यक्रममा आर्थिक भौतिक नैतिकरुपमा सहयोग गर्ने आयोजक सम्पूर्ण संघ संस्थाहरुलार्इ बिशेष धन्यवाद दिँदै कार्यकम समापन भएको घोषणा गरेका थिए । औपचारिक कार्यक्रम एनआरएनए एनसीसी कतारका महासचिव बुधबल गुरुङ र उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य महिला बिभाग संयोजक सरिता गुरुङको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!