कान्छा अभियान्ता केपी खनालको अनाथ बालगृहलाई सुप समाज कोरियाको सहयाेग

काठमाडौँ, असोज १।

कान्छा अभियान्ता केपी खनालको अगुवार्इमा बन्दै गरेको बाजुरा अनाथ बालगृहलाई सुदुरपश्चिम समाज दक्षिण कोरियाले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।

सुदुरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष कमल शाहीले कोरियामा कार्यरत नेपालीहरु माझ रकम संकलनका लागि अभियान नै चलाएको बताए । संकलित रकम एक कार्यक्रमका बिच अभियान्ता खनाललार्इ सुरेन्द्र भण्डारी र जितु उपाध्यायले हस्तान्तरण गरे ।

युवा वैज्ञानिक जितु उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सुदुर पश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष दिलिप रावल, भुतपूर्व अध्यक्ष नवीन कार्कि, सल्लाहकार सुरेन्द्र भण्डारी, पूर्व उपाध्यक्ष टंक प्रसाद रेग्मी, क्रियासिल सदस्य रमेश बोहरा, संस्थापक सदस्य रमेश खत्री, पर्शुराम धाम प्रचारप्रसार तथा आर्थिक संकलनका कोषाध्यक्ष दिलबहादुर ठकुराठि कन्सन बाजुराका संस्थापक सदस्य प्रतिक ढकाल, देव रोकाया, अर्चना पोखरेल, निकेस उल्लक, द्रिष्टि पौडेल, शुष्मा धिमेरेलगायतको उपस्थिति रहेको थियो ।

१२ जना अनाथ बालबालिकालाई शिक्षा, स्वास्थ्य र संरक्षण दिँदै आएको कन्सन बाजुरा र बहादुर थापाको परिवारको परोपकारी कार्यमा संलग्न हुने र अनाथ बालबालिकाको उज्ज्वल भविष्यका लागि भवन निर्माणका लागि सहयोग संकलनमा लागिरहेका छन् ।

भवनको करिब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र अब फिनिसिङको काम मात्र बाँकी रहेको अभियान्ता खनालले बताए । उनले भने, ‘अबको केही दिनमै राष्ट्रका प्रमुख व्यक्तिबाट बालगृहको उद्घाटन गर्ने योजनामा छौं । सहयोगका लागि विभिन्न अभियान चलाएका छौं ।’

बालगृह निर्माणका लागि ४० लाख लाग्ने अनुमान गरिएको छ । रकम संकलनमा लागेका अभियान्ता खनालले आधा रकम उठिसकेको जानकारी दिए । उनले भने, ‘स्वदेश तथा विदेशमा रहनु भएका नेपाली बुवा आमा, दाजु भाइ तथा दिदी बहिनीहरुको सहयोगले यहाँसम्म आयौं । बालबालिकाहरुको उज्वल भविष्यका लागि सहयोगी हातहरुकाे साथ मिलेको छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!