साबुन उद्योगमा अागलागी हुँदा करोडौंको क्षति

पर्सा, असोज १ । वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुरस्थित अमृत साबुन उद्योगमा सोमबार आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ ।

बारा परवानीपुर गाउँपालिका–३ स्थित सो उद्योगमा भएको आगलागी अहिले नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

उद्योगमा लागेको आगो वीरगञ्ज महानगरपालिका, पोखरी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज, कलैया नगरपालिका र सिमरा विमानस्थलको बारुण यन्त्रद्वारा आगो निभाइएको हो ।

आगलागीको कारण तथा क्षतिबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!