सुसारेहरुको सदिच्छाले मात्रै सत्ता जोगिदैन

भनिन्छ नि ‘जो सत्य चिन्न सक्दैनन् ती मन्द बुद्धिका हुन् र जो सत्य जानेर पनि झुठो बोल्छन् ती बेइमान र अपराधी हुन् ।’  तर विडम्बना, मन्द बुद्धिका भन्दापनी जानेर झुठ ओकल्नेहरुको बिगबिगी छ अचेल ।

कसले बढी सुसार गर्ने, कसले बढी पैताला चाट्ने र कसले बढी चाप्लुसीको ढ्याङ्ग्रो ठोक्ने-भन्नेमै दौडिरहेको छ दुनियाँ । समृद्धि पथको सपथ खाएको सत्ता बेतुक र बेसुर बाँसुरी धुन बजाएर गोज्जर र गोमनहरु नचाइ रहेको छ। त्यही बाँसुरी धुनको तालमै डँस्दैछन्, मुख बाहिर विषालु सर्प र बिच्छीहरुले गाउँ पसेर निर्धाहरुलाई ।

‘जतिसक्दो लुछ, जति भ्याउँछौ हसुर अनि न अघाइन्जेल चुसिराख’ भनेर। परापुर्वकालदेखि नै देशको ढुकुटीमा आहाल बस्न पल्किएका जनता माराहरुको उछृंखलता यतिबेला पुनःचरम उत्कर्शमा पुगेको छ ।

गाउँ-गाउँमा सिंहदरबार ल्याउन भन्दै तन्किएर शहर पसेकाहरु ठाँटिएर उतै बसे ।

सिंहलाई तस्करको हातमा थमौतीगरे र गाउँमा बिषालु काला सर्पहरु पठाए । अहिले दरबारको बार्दलीबाट उखरमाउलो बाँसुरी धुन बजाएर नचाइ रहेकाछन् उनै गोज्जर, बिच्छी र सर्पहरु । हामीले नबुझ्ने भाषामा परमादेश जारी गरिरहेछन् बेलाबेला ।

‘जतिसक्दो लुछ, जति भ्याउँछौ हसुर अनि न अघाइन्जेल चुसिराख’ भनेर। परापुर्वकालदेखि नै देशको ढुकुटीमा आहाल बस्न पल्किएका जनता माराहरुको उछृंखलता यतिबेला पुनःचरम उत्कर्शमा पुगेको छ ।

उमेश बन्जाडे

विगतदेखि नै देश डढाएर खरानीको ब्यापार गर्न पल्किएकाहरुको इतिहास त छँदैछ, अचम्म यहाँनेर की,  क्रान्तिको एउटा लम्बे यात्राबाट बागडोरसम्म पुगेकाहरु पनि आफ्नो क्रान्तिकारी छाला ताछेर पाखुरा सुर्किएरै उसैलाई सघाउन तल्लीन छन् । उनकै अघि जनता पिरोल्ने कार्यहरुको भयानक खेती भइरहँदा पनि नतमस्तक बनेर रमिता हेरिरहेका छन् ।

आफूहरू जानाजान जनतामारा बन्छन्, अनि कर्मचारी र ब्यापारीहरु इमान्दार भइदिनुपर्‍यो भन्छन् । प्रधानमन्त्रीले सरकारको बिरोध गर्ने विरुद्ध अरिंगाल झैँ खनिन आफ्नापछि लपक्कै लागेका झिँगाहरुलाई फरमान जारी गर्छन् ।

देश हाँक्नेहरुको शुद्धी भाँचिएपछि चाहना र इच्छापनि बडो अजिवको पलाउने रहेछ। यता अर्काथरी कामरेडहरु सरकारलाई असफल पार्न बलात्कार गरिदैछ भनेर च्याँठिन्छन् । अहो ! क्या बौद्धिकता ! क्या नैतिकता ! क्या जिम्मेवारी ! सायद यो राष्ट्रवादसँग गरिएको संगतले प्रदान गरेको बौद्धिक फड्को हुनुपर्छ । चौतर्फी बलात्कार र अपराधी क्रियाकलाप चरमोत्कर्शमा पुगेको छ । विभिन्न जिल्लामा नागरिकहरु सडकमा निस्किएकाछन् । तर सरकार आफ्नै समृद्धि र सुशासनको मदल बजाउन व्यस्त छ ।

आजका मितिसम्म प्रधानमन्त्रीको गफलाई दाँज्ने हो भने, यो सरकार न ‘खीरपाक ताउली’ बन्न सक्ने लक्षण छ न  त ‘सुन बड्कौली बाख्रो ।’ उनको उखानयुक्त भनाइ अनुरुप त यी दुईमध्ये एक हुनैपर्ने हो क्यारे । शुद्धी हराएपछि खै बहुमत र एकाधिकारले मात्रै पनि त नपुग्दो रहेछ समृद्धिको पाटोमा ।

अहो ! क्या बौद्धिकता ! क्या नैतिकता ! क्या जिम्मेवारी ! सायद यो राष्ट्रवादसँग गरिएको संगतले प्रदान गरेको बौद्धिक फड्को हुनुपर्छ । चौतर्फी बलात्कार र अपराधी क्रियाकलाप चरमोत्कर्शमा पुगेको छ ।

खोपडी बजाउन लाएक काम गर्ने उनीहरु चाहान्छ्न, उनका प्रत्येक कदमहरुमा हाम्रो थपडी बजोस् । उनीहरुले तस्करहरुसँग अंकमाल गर्दा हामीले ताली बजाइरहनुपर्ने ? हत्यारा, बलात्कारकारीलाई बार्दलीमा लुकाएर राख्दा उनैको भजन किर्तन गाइदिनुपर्ने ? जनताकै कर बाट खरिद गरिएका बन्दुकहरुले जनताकै छाती छेँड्दा पनि सत्ताकै गुनगान गाउनुपर्ने ? यो कुन लोकबाट आएको सुशासन हो महोदय ? जनता अनभिज्ञ छन् । आज यिनका कर्तुतहरुलाई झिनो ठानेर हत्केला पुत्याउन्जेल ताली ठोक्ने तपाइँ हेर्दै जानुस् भोलि यिनैले झण्डा हल्लाउँदै माटोको स्वाभिमान बेच्दापनि हामीले यिनैको महिमामण्डन गाउनुपर्ने छ । आफ्नो उखारमाउलो प्रवृत्ति हावीबनाएको सत्ताकै पेरिफेरिमा बाँच्नेहरुलाई भने यो तथ्य नमिठो लाग्न सक्छ ।

छिमेकमा गएकी कंचनपुरकी एउटी छोरी कहिल्यै नफर्किने गरी निदाएपछि उनका बाबुआमा यो राज्यसत्ताको आँगनमै पुगेर हारगुहार गर्दैछन् । सत्ताका मालिकहरु अपराधीलाई काखी च्यापेर फगत आश्वासन बाँडिरहेका छन्। उनैको सुसारामा लिप्त हलिहरुलाई खेताला लगाएर छानबिनको खोक्रो रटान प्रदर्शन गरिरहेका छन् । वर्षौंदेखि अपराध विरुद्धका अनुसन्धानमा खटिएर पोख्त भएकाहरुलाई दुई महिनाको अवधीसम्म हत्यारा कुन हो ? भनेर ठम्याउन यत्रो कष्ट ।

हो, प्रमाणहरु जुटाउन समय लाग्छ, यद्यपि ती प्रमाण नष्ट गर्न खटाइएका बर्दिधारीहरुलाई केरकार गर्ने हो भने हत्यारा खोज्न अन्तै जानुपर्छ जस्तो लाग्दैन पंक्तिकारलाई । यता बर्दीवाला ‘सुनगोरे’ अर्थात एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छाडिएको छ । यो पनि ‘सुखी जनता र समृद्ध नेपाल’को चाहना परिपुर्ति गर्ने कदम हुनुपर्छ । बर्दी र फुलीलाई देशका सेठहरुले बलात्कारी अनि हत्याराको प्रमाण नष्ट गर्ने, निर्दोषलाई सजायँ दिने र अपराधीलाई संरक्षण गर्ने सरकारी लाइसेन्सको रुपमा प्रयोग गरिरहेका छन् भन्नेकुरो नकार्न सकिदैन । परन्तु यो ‘सुशासन’ हो कि ‘सुन-शासन’ दुई तिहाईको पगरी गुँथाउने नेपाली जनताले अब त चिन्तन-मनन गरून् ?

पूँजीवादले साशकलाई ‘द्रव्यपिचाश’ बनायो । जुनसुकै अनैतिक उपायले पनि पैसा बटुल्नु बाहेक उनीहरुको उद्देश्य हुन छोड्यो ! भोलि गएर यो स-विस्तार सबैमा लागु हुन्छ र यसको शिकार हुने उनै भुइँमान्छे हुन् ।

फेरि यसो भन्नुको तात्पर्य अहिलेको व्यवस्था नै गलत भन्न खोजिएको होईन। पहिले यो व्यवस्थालाई जनपक्षीय बनाएर हाँक्छौँ भन्ने फुर्तीसहित त्यहाँ पुगेका शासकहरु शोषकमा परिणत हुनुलाई विडम्बना ठानिएको हो । हिजो यही व्यवस्थाको विरुद्धमा दिलोज्यान लगाएर मोटाएकाहरु नै आज मालिक बनेर देशमा रजाइँ गर्दा उत्पन्न घिनलाग्दो दृश्यको विरोध गरिएको हो ।

ठगिखाने वर्गप्रति उत्तरदायी ठहरिन मरिहत्ते गरिरहेका शासकहरुले यो व्यवस्था नै झुर बनाइदिन्छन् भन्नेमा आशंका रहेन । जहिल्यै धोखाधडीको बल्छी थापेर निर्धाहरु अठ्याउनेभन्दा अर्को परिणाम देख्न सकिएको होईन ।

हो, प्रमाणहरु जुटाउन समय लाग्छ, यद्यपि ती प्रमाण नष्ट गर्न खटाइएका बर्दिधारीहरुलाई केरकार गर्ने हो भने हत्यारा खोज्न अन्तै जानुपर्छ जस्तो लाग्दैन पंक्तिकारलाई । यता बर्दीवाला ‘सुनगोरे’ अर्थात एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छाडिएको छ ।

आज ठालुहरुले सजिलै ब्यापार गरिरहेका उदेश्यहरु प्राप्त गर्न हिजो थुप्रै मान्छेहरु चिहानमा निदाएका छन्। अझैसम्म कयौं बिरहरु बाँचेर पनि पटकपटक मारिएका छन् । तर इतिहासका ती विरंगनाहरुको छातीमा संगिन घोच्नेहरु नै प्राप्त उपलब्धिमा डढेलो लगाउन तल्लीन छन् । घाँटीमा डोरी झुन्डाइएका तर किलामा नबाँधिएका साँढेहरुलाई मस्तै फलिफाप बनेको छ अहिलेको व्यवस्था ।

उदाहरणकै लागि माथी उल्लेखित कंचनपुरकी बालिका निर्मला पन्तको निर्ममतापुर्वक भएको हत्या र दोषीलाई उम्काउन चालिएका कदमहरुले समेत यो सरकार कसको पृष्ठपोषणमा घुँडा खोल्साउँदै छ भन्ने प्रष्ट हुन्छ। बालुवाटारको सिरानी मुन्तिर खाँदिएका सुन तस्कारका बायोडाटा, ओछ्यानमै दर्शन टक्र्याउन आइपुग्ने ठग ठेगेदारका सुट्केस र हिस्सेदार बनाउन राजी सिन्डिकेटवालाका तमसुक दराजमा च्याँप्दै समृद्धिको पाठ पढाउन मंच उक्लिएर दुनियाँलाई अन्धो ठान्नु पनि नाइकेहरुको भयंकर मजाक हो ।

आफैलाई सर्वश्रेष्ठ ठानेर बम्किदैँ चौतर्फी डढेलो झोस्न खोज्नु आफ्नै दसा निम्त्याउनु हो ।

बाँकी रहेको उँचाईमा बन्चरो हिर्काएर मुर्कट्टो बन्नु सरह । सुसारेहरुको सदिक्षायुक्त धोतीले मात्र उदाङ्गो बनिसकेको नाङ्गोपना कसैगरी छोपिदैँन।

लमही दाङ, हाल: क्वालालम्पुर, मलेसिया

कमेन्ट गर्नुहोस्

error: Content is protected !!