भजन सम्राट अनुप जलोटा ३७ वर्ष कान्छी युवतीको प्रेमजालमा

नयाँ दिल्ली, अनुप जलोटा । हिन्दु धर्मावलम्बीहरुमा भजन सम्राटका नामले चिनिने नाम । सुन्दर र कोकिल स्वरमा उनले सयौं भजन गाएका छन् । मानिसहरुले उनको नाम लिने बित्तिकै एउटा सौम्य मुहार सम्झिन्छन् ।

तर आइतबार भने अनुप जलोटाको अर्को रुप देखेर उनका समर्थकहरु जिब्रो टोक्न बाध्य भए । ६५ वर्षका जलोटाले २८ वर्षकी एकजना युवतीसँग प्रेम गर्ने खुलासा गरेपछि यसले भारतभरी नै ठूलो चर्चा पाएको छ ।

भारतीय रियालिटी शो बिग बोस १२ को पहिलो दिन अनुप जलोटा समेत शो मा भाग लिन आउने समाचार सुनेर मानिसहरु त्यसै पनि चकित परेका थिए । तर अनुप एक्लै आएनन । यसपटकको फर्मेट अनुसार जोडीसँगै आए उनी ।

र, जोडी देख्ने बित्तिकै दर्शकहरु एकछिन त स्तब्ध नै भए । यसको कारण थियो, उनीसँग आएकी युवती । अर्धनग्न जस्तो लाग्ने परिधानमा सजिएकी चुलबुले युवती थिइन उनी । उनले परिचय दिइन जसलिन मथारु । र, अनुप जलोटाले भने– म र उनी आपसमा प्रेम गर्छौ ।

अनुप जलोटाले जसलीन संगीत सिक्न आउने गरेको र त्यही क्रममा प्रेम भएको बताए । बाहिर जाँदा लुकेर भेटनु पर्ने बाध्यता भएकोले अब भने सँगै बिहे गरेर नै बस्ने उनले बताए । यसअघि टाइम्स अफ इण्डियासँगको एउटा अन्तर्वातामा पनि उनले विगत ३ वर्षदेखि सम्बन्धमा रहेको खुलासा गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!