भारतको जेएनयूमा वामपन्थी विद्यार्थी संगठनको कब्जा

नयाँ दिल्ली । प्राज्ञिक तथा बौद्धिक क्षेत्रमा निकै चर्चित जवाहरलाल नेहरु विश्वविद्यालयमा वामपन्थी विद्यार्थी संगठनले कब्जा जमाएका छन् ।

 

विश्विद्यालयको छात्र संघ चुनावमा (नेपालमा स्ववियू निर्वाचन जस्तै) वामपन्थी विद्यार्थी संगठनहरुले सबै सीटमा विजय हासिल गरेका हुन । सत्तारुढ भारतीय जनता पार्टी निकट अखिल भारतीय विद्यार्थी परिषद भने यसपटक दोश्रो स्थानमा समेटिएको छ ।

 

जेएनयुमा गत शुक्रबारका दिन छात्र संघको अध्यक्ष, उपाध्यक्ष, महासचिव र संयुक्त सचिव पदका लागि मतदान भएको थियो । अल इण्डिया स्टुडेन्य एशोसिएसन (आइसा), स्टुडेण्ट फेडरेसन अफ इण्डिया (एसएफआई), डेमोक्रेटिक स्टुडेन्ट फेडरेसन र अल इण्डिया स्टुडेन्टस फेडरेसन (एआईएसएफ)ले वाम एकताको नाम दिएर संयुक्त निर्वाचन लडेका थिए । यसपटकको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।

खासगरि पछिल्लो समयमा जेएनयू प्रशासनले सत्तारुढ दलको समर्थनमा कतिपय नियमहरु लादेको भन्दै जेएनयू प्रशासनको आलोचना हुँदै आएको छ । विजय हुनेमा दुईजना महिला रहेका छन् ।

 

महिलाहरुमाथि हिंसा बढिरहेको बेला र प्रशासनले सत्तावाद लागु गर्न खोजेको अवस्थामा वामपन्थी विद्यार्थीको विजयलाई निकै उत्सुकताका साथ हेरिएको छ । बिबिसीलगायत कतिपय मिडियाले वामपन्थीहरुको विजयमाथि आलेख टिप्पणी समेत लेखेका छन् ।

अध्यक्ष
एन साई बालाजी (लेफ्ट यूनिटी)- १६१
ललित पांडेय (एबीवीपी)-९८२

उपाध्यक्ष
सारिका चौधरी (लेफ्ट यूनिटी)- २६९२
गीताश्री बरुआ (एबीवीपी)- १०१२

महासचिव
एजाज़ अहमद (लेफ्ट यूनिटी)- २४२३
गणेश गुर्जर (एबीवीपी)- ११२३

संयुक्त सचिव
अमूथा जयदीप (लेफ्ट यूनिटी)- २०४७
वैंकट चौबे (एबीवीपी)- १२९०

कमेन्ट गर्नुहोस्

error: Content is protected !!