पत्रकार महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता कुण्ठित हुन खोजेको भन्दै आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

सरकारले जारी गरेको देवानी संहितामा प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने सञ्चारकर्मीलाई त्रासमा राख्ने प्रावधान भएकोले आन्दोलनमा उत्रिनु परेको महासंघले जनाएको छ ।

महासंघले यसअघि संहिताका मिडियाविरोधी प्रावधानबारे सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको छ ।
दोश्रो चरणका कार्यक्रम अन्तर्गत महासंघले २० दिने संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

सञ्चार मन्त्रालयले यही विषयमा अध्ययन गरी सुझाव संकलन गर्न कार्यदल गठन गर्ने घोषणा गरेपछि महासंघले कार्यदलसँग छलफल गर्ने जनाएको छ ।

यसका साथै बिभिन्न मिडियासँग छलफल गर्ने, जिल्ला, प्रदेश तथा एशोसिएसट सबै शाखाबाट समेत बिरोधका दबाबमूलक कार्यक्रम गरिने भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!