खस क्षत्री सेवा समाज कतारद्वारा गायिका हरिदेवि लाई सम्मान

कतार,भदौ ३१।खस क्षत्री सेवा समाज कतारले वरिष्ठ लोक गायिका, साहित्यकार एवं प्राज्ञिक ब्यक्तित्व हरिदेवि कोइरालालाई एक कार्यक्रमका बिच सम्मान गरेको छ।

नेपाली मौलिक लोक संगीत संगै साहित्यका क्षेत्र विशिष्ट योगदान पुर्‍याएको भन्दै समाजले गायिका कोइरालालाई शनिबार सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको हो।
सम्मान ग्रहण पश्चात् बोल्दै वरिष्ठ लोक गायिका कोइरालाले खस क्षत्री सेवा समाजको सम्मानले आफुलाई लोक संस्कृतिको जगेर्ना गर्न थप प्रेरणा मिलेको बताइन् । खस क्षत्री समाजले जाति भन्दा माथी उठेर देश र राष्ट्रको सेवा गरेको भन्दै आगामी दिनमा पनि आफ्नो नेपाली संस्कृति र पहिचान लाई जोगाइ राख्न सुझाव दिइन।

याे पनि पढ्नुस  कतारमा नेपालीमाथि सा‌ंघातिक आक्रमणः एकको मृत्यु, ५ जना घाइते

कार्यक्रममा बोल्दै समाजका संरक्षक हंसराज ढकाल क्षत्रीले नेपाली मौलिक लोक गितको संरक्षणमा वरिष्ठ लोक गायिका कोइरालाको महत्त्वपूर्ण योगदान रहेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे। खस क्षत्री समाज कतारले देश लाई विशिष्ट योगदान पुर्‍याउने ब्यत्तित्वलाई सम्मान गर्दै आएकोमा क्षत्री कुलकी छोरि कोइरालालाई सम्मान गर्न पाउनु गर्बको कुरा भएको बताए।

खस क्षत्री सेवा समाज कतारका कार्यबाहक अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख सल्लाहकार रेशम बस्नेत, सचीव हेमराज बस्नेत, कोषाध्यक्ष प्रकाश कार्की, प्रवक्ता सन्तोष क्षत्री लगाएतले मन्तव्य राखेका थिए भने महासचिव रामजि खत्रीले कार्यक्रमको संचालन गरेका थिए।

याे पनि पढ्नुस  कतार नेपाली एकता समाजद्वारा दुर्गा खरेललाई विदाई

कमेन्ट गर्नुहोस्

error: Content is protected !!