लक्की मेनपावरका सञ्चालक गुरुङलार्इ कालोमोसो

पोखरा, भदौं३१ ।

लामो समयदेखि पोखरामा लक्की मेनपावर चलाउँदै आएका मेनपावर सञ्चालक रस बहादुर गुरुङलाई बिप्लप नेतृत्वको नेकपाले कारवाही गरेको छ ।
विप्लव माओवादीले उनले लामो समयदेखि मेनपावरको नाममा अवैध धन्दा गर्दै आएको आरोप लगाएको छ । विप्लव माओवादीको युवा संगठन योङ रेड फोर्सले आइतबार गुरुङलाई कालोमोसो दलेको हो।

कार्वाहीपछि फोर्सले गुरुङलाई कालोमोसो लगाउनु पर्नाको कारण भन्दै पर्चासमेत छरेको छ। फोर्सले मेनपावरको अफिसमा तालाबन्दी गर्दै आफुहरुको पहलमा मेनपावर पनि खारेज भएको माओवादीले दावी गरेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!