निर्मला हत्या प्रकरण : फेरी डिआइजीको नेतृत्वमा अर्को समिति गठन

काठमाडौं, भदौं ३१ ।

कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयले उच्च तहको छानबिन समिति गठन गरेको छ । प्रहरी नायव महानिरीक्षक धिरु बस्नेतको नेतृत्वमा नौँ सदस्यीय समिति गठन भएको हो ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले छानविन समितिमा डिआइजी बस्नेतसहित एसएसपी निरजबहादुर शाही, उत्तम सुवेदी र अन्य प्रहरी अधिकारीहरु रहेको बताए ।

प्रवक्ता क्षेत्रीका अनसार, डिआइजीको नेतृत्वमा बनेको समितिले अनुसन्धानमा खटिएको प्रहरी अधिकृत तथा जवानहरुले गरेको कमी कमजोरीलगायतका विषयमा अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने छ ।

बस्नेत नेतृत्वको कमिटीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यस समयमा खटिएर कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको छानविन गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!