भेटियो १३ हजार वर्ष पुरानो बियर

मानवले रक्सी बनाउने सीप कहिलेदेखि प्राप्त गऱ्यो भन्नेमा अनेक तर्क रहेका छन् । सामान्यतया: धेरैको मत केछ भने मानिसले लगभग ५ हजार वर्ष पहिले यो प्रविधि हात परेको थियो ।

तर, केही शोधकर्ताहरूले इजरायलको हैफा नजिकैको एउटा प्रागैतिहासिक गुफामा संसारकै सबैभन्दा पुरानो रक्सीको भट्टीका फेला परेका छन् । उनीहरुले उअस्का साथै लगभग १३ हजार वर्ष पुरानो बियरका समेत अवशेष फेला पारेका छन् ।

यो भट्टी एउटा पुरानो चिहानको खोजीको क्रममा भेटीएको हो । शोधकर्ताहरूले उक्त चिहान घुमन्ते शिकारीहरूको हुनसक्ने अनुमान गरेका छन् ।

बियरको इतिहास ५ हजार वर्षको मानिदै आएको छ। यास खोजपछि बियारको इतिहास फेरिने भएको छ ।
यस खोजबाट एउटा अर्को तथ्य समेत खुलेको छ । यस अघि प्राचीनकालमा बियरको प्रयोग ब्रेड बनाउन प्रयोग गरिने गरेको अनुमान गरिएको थियो ।
शोधकर्ताहरूका अनुसार मानिसले पहिले के बनाउन सुरु गरे यो भन्न गाह्रो छ । जर्नल अफ आर्कियोलोजिकल साइन्सको अकोबर अंकमा प्रकाशित रिपोर्ट अनुसार कुनै व्यक्तिको मृत्यु हुँदा आयोजना गरिने अनुष्ठानमा दिवंगतलाई सम्मान दिन बियर बनाइने गर्दथ्यो ।
अनुसन्धान टोलीको नेतृत्व गर्दै गरेकी स्टेनफोर्ड विश्वविद्यालयकी प्राध्यापक ली लियूले भनिन्, “यो विश्व इतिहासमैं मानव निर्मित मदिराको सर्वाधिक पुरानो प्रमाण हो ।”
प्राध्यापक लियूका अनुसार उनीहरू त्यो समयका मानिस के खान्थे र त्यो बेला केकस्ता रुखबिरूवा हुने गर्थे भन्ने अनुसन्धान गर्दैथिए । खोजकै क्रममा उनीहरुलाई गहुँ र जौबाट बनेको मदिराको केही अवशेष पाइएको हो ।
यो अवशेष ढुङ्गाका खोपिल्टाहरूमा भेटिएको हो । गुफाको सतहमा घुमाउरो गरेर बनाइएका यी मानव निर्मित खोपिल्टा २४ इन्च जति गहिरा रहेका छन् । इनको प्रयोग समान राख्नका साथै जौ र अन्य बिभिन्न वनस्पतिलाई पकाउन प्रयोग गरिन्थ्यो ।
शोधकर्ताहरूका अनुसार यो प्राचीन रक्सी आजभोलिको जस्तो तरल नभएर अलि अलि खिचडी या दलिया जस्तो हुने गर्दथ्यो ।
शोधकर्ताहरूले प्राप्त अंशहरूबाट तत्कालीन समयको बियर निर्माणको प्रयास समेत गरेका थिए । उनीहरुले विभिन्न अनाजहरू मिसाएर बनाएको प्राचीन बियर आधुनिकको तुलनामा निकै नीरस रहेको थियो ।
बीबीसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!