फुटपाथ हटाउन गएका नगर प्रहरी यसरी कुटिए

काठमाडौँ भदौ ३१ । फुटपाथ हटाउन नगएका काठमाडौँ महानगरका प्रहरी स्वयम्भूमा कुटिएका छन् ।

महानगर प्रहरी निरीक्षक पूर्णचन्द्र भट्टको कमाण्डमा स्वयम्भू हलचोकमा रहेको फुटपाथ हटाउने क्रममा झडप भएको हो ।महानगरीय प्रहरीका अनुसार करिब एकसय ५० जनाको समूहले नगर प्रहरीलाई हातपात गरेका थिए ।

उक्त समूहको आक्रमणबाट घाइते हुनेहरुमा नगर प्रहरीका हवल्दार इन्दिरा कार्की, प्रयास घिमिरे घाइते भएका छन्।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिजन बजगाईं, राजु श्रेष्ठ र उद्धवप्रसाद बाँस्तोला रहेका छन्।

महानगरीय प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!