गल्ली-गल्ली कपडा बेच्दै हिड्ने शाहका छोरा बने ‘डांस दीवाने’ काे विजेता

भारतीय रियलिटी शो ‘डांस दीवाने’ कोलकाताका ७ वर्षीय आलोक शाहले जितेका छन् । शनिवार राती फाइलन भएको शोमा १० लाखका साथै अन्य विभिन्न टाइटल हात पार्दै आलोक विजेता बनेका हुन् ।

तीन जेनरेशनका प्रतिस्पर्धी रहेको शोमा दोस्रो जेनेरेसनबाटकिशन बिलागली र तेस्रो जेनेरेसनबाट दीना नाथ विजेता बनेका छन् ।

कोलकाताका गल्लीमा बच्चाका कपडा बेच्दै हिड्ने बाबुआमाका एक्ला सन्तान आलोक ४ वर्षको उमेरदेखि डान्स गर्न शुरु गरेका थिए । उक्त शोमा नेपाली मूलका करण परियार पनि सेमिफाइनलसम्म पुगेका थिए ।

घरको नाजुक आर्थिक अवस्था र अन्य पारीवारिक जिम्मेवारीका कारण आफ्नो डान्सर बन्ने सपना छोरामा साचेकी आलोककी आमा आफ्नो सपना पूरा भएको बताइन् । शाका क्रममा आलोकको पारीवारिक अवस्था निकै नाजुक रहेको थाहा पाएका जर्ज माधुरी दिक्षित, शशांक र अर्जुनले उनलाई १० लाख पर्ने घर गिफ्ट गरेका छन् ।

शोमा आएका हरेक सुपरस्टारहरुले उनको डान्स स्टाइलको प्रसंसा गर्दै फाइनलिस्ट घोषणा गरेका थिए । सबैजसो भारतीय गीतमा डान्स गर्न र विभिन्न स्टन्ट गर्न सक्ने आलोकलाई दर्शक तथा जर्जले पनि फाइनलिस्ट हुने अनुमान गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!