बन्ने भयो ‘कप्टीु’ शुभ–मुहुर्त सम्पन्न

काठमाडौं । भ्याली फिल्म एकेडेमीको प्रस्तुतिमा बन्ने नेपाली चलचित्र ‘कप्टी’को औपचारिक घोषणाको साथसाथै शुभ–मुहुर्त गरिएको छ ।

शनिबार काठमाडौंमा शुभ–मुहुर्त कार्यक्रमका बीच चलचित्रका सम्पुर्ण कलाकार साथै अन्य टिमको नाम सार्वजनिक गरिएको हो ।

भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘कप्टी’ मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने छ ।

यस चलचित्रलाई मदन घिमिरेले खिच्दैछन् भने यता चलचित्रमा समावेश गीतमा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको अवाज रहेको छ ।

मौलिक नेपाली कथामा बन्ने सिनेमा कप्टीका निर्माताहरुमा प्रेमबहादुर गुरुङ, मिनु लामा, देवबहादुर गुरुङ रहेका छन् ।

सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिने सिनेमा कप्टी आफ्नै पिताका हत्यारासंगको बदला र जीवन संघर्ष बोल्ने निर्माण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!