नयाँबानेश्वरमा बिहानै ‘पावर वाला’को गाडी आतंक

काठमाडौं भदौ ३१ । काठमाडौं नयाँबानेश्वर क्षेत्रमा आइतबार बिहान एक चालकले ३ वटा सवारीसाधनलाई ठक्कर दिएका छन् ।

उनले पीडितहरुलाई आफु शक्तिशाली मान्छे भएको भन्दै कुटपिट समेत गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको नियन्त्रणमा रहेका चालक प्रविन नेपालले अनियन्त्रित गतीमा बा.६.च ९२२८ नम्बरको कारले एउटा टाटा मोबाइल गाडी र दुईवटा मोटरसाइकलमा ठक्कर दिएका थिए ।

उनलाई पीडितले पच्छयाउदै मदनभण्डारी कलेज अगाडी नियन्त्रणमा लिएका थिए । त्यहाँ समेत उनले अपशब्द प्रयोग गर्दै गाली गलौज गर्नुका साथै सुरक्षाकर्मीलाई समेत थर्काएको प्रत्यक्षदर्शीले बताए ।

वृत्तका डिएसपी गोविन्द काफ्लेले अनियन्त्रित सवारीसाधन चलाउने व्यक्ति र सवारीसाधनलाई नियन्त्रणमा लिएको बताए ।

‘उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं, ३ वटा सवारीसाधनलाई ठक्कर दिनुका साथै पीडितलाई हातपात गरेको भन्ने उजुरी आएको छ,’ डिएसपी काफ्लेले भने ‘उनी जो कोही भएपनि कानूनअनुसार कारबाही अघि बढाउने छौं’।’ नेपालखबरबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!