गायिका कविताको स्वर रहेको ‘पिरती लाउँदिनँ दुईतिर’ गीत सार्वजनिक

काठमाडौं । कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर…’ गीत सार्वजनिक भएको छ ।

उनको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर…’ गीतको भिडियो सार्वजनिक भएको हो ।

नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ ।

गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले छायाँकन गरेका हुन भने नवीन निरौलाले सम्पादन गरेका छन् ।

विगत ७ वर्षदेखि नेपाली गायन क्षेत्रमा रहेकी कविताका दुई एल्बम सार्वजनिक भएका छन् । तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताईन ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!