समृद्धि हासिल गर्न परिवार नियोजनमा लगानी

नेपालमा परिवार नियोजन कार्यक्रम विशेषगरी बढ्दो जनसंख्या नियन्त्रण गर्नको लागि शुरुवात गरिएको भएपनि यो प्रजनन स्वास्थ्यको अभिन्न अंग बन्न पुगेको छ र मानिसको गुणस्तरीय जिवनसंग यसको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ ।

नेपालको संविधान २०१५ ले मातृ तथा शिशु मृत्यु घटाई औषत आयु बढाउन परिवार नियोजन सेवालाई नागरिकको आधारभुत आवश्यकताको रुपमा अंगिकार गरेको छ । दिगो विकास लक्ष्य २०१५–२०३० ले यौन तथा प्रजनन् स्वास्थ्य सेवा र परिवार नियोजन सम्बन्धि सुचना, शिक्षा र सेवामा सबैको पहुंच सुनिश्चित गर्ने लक्ष्य लिएको छ । हरेक प्रजनन उमेरका नागरीकको गुणस्तरीय प्रजनन् स्वास्थ्यको लागि परिवार नियोजन सेवाकोे सहज पहुँच र उपलब्धता अपरिहार्य छ र यो आधारभूत आवश्यकता र प्रजनन अधिकारभित्र पर्दछ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राष्ट्रिय र अन्तराष्ट्रिय साझेदारहरुवाट भए गरेका प्रयासहरुको फलस्वरुप कुल प्रजनन दर उल्लेख्य रुपमा घटि प्रतिस्थापन प्रजननको नजिक (२.३) पुगिसकेको छ ।

मदनराज भट्ट

त्यस्तै मातृ, नवजात शिशु, शिशु तथा वाल मृत्य दरमा समेत उल्लेखनीय रुपमा कमि आएको तथ्य सार्वजनिक भईसकेको छ । परिवार नियोजन सम्वन्धि व्यवहार परिवर्तन भएको र परिवार नियोजन सेवामा नागरिकको पहुंच तथा उपयोगितामा समेत बृद्धि भईरहेको पाईएको छ । तथापि परिवार नियोजनका आधुनिक साधनको प्रयोग दर विगत १० वर्षदेखि स्थिर (४३ प्रतिशत मात्र) देखिएको छ ।

(श्रोतः नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६)

यसले परिवार नियोजन क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई थप जिम्मेवारी वोध मात्रै गराएको छैन प्रजनन उमेर समुहका व्यक्तिहरुमा देखिएको परिवार नियोजनका साधन प्रयोग सम्वन्धि व्यवहारको थप अध्ययन गर्न उत्प्ररित समेत गरेको छ।

परिवार नियोजनले महिलालाई सही समयमा गर्भाधरण गर्न, उपयुक्त गर्भान्तर र जन्मान्तर कायम राख्न, अनिच्छित गर्भधारण रोक्न र दम्पत्ति वा यौन साथीबीच आपसी समझदारी विकास गर्न मद्दत पुर्याउँछ । यौन तथा तल्लो पेटको संक्रमण तथा प्रजनन अंग (डिम्बाशय) को क्यान्सरवाट वच्न समेत परिवार नियोजनका साधनहरुले सहयोग पूर्याउँदछन् ।

मातृ, नवजात शिशु, शिशु तथा वाल मृत्य दरमा समेत उल्लेखनीय रुपमा कमि आएको तथ्य सार्वजनिक भईसकेको छ । परिवार नियोजन सम्वन्धि व्यवहार परिवर्तन भएको र परिवार नियोजन सेवामा नागरिकको पहुंच तथा उपयोगितामा समेत बृद्धि भईरहेको पाईएको छ ।

एचआईभी तथा यौनरोगको जोखिममा भएका र संक्रमितहरुले परिवार नियोजनका साधनहरुको प्रयोग गरेमा अनिच्छित गर्भ रोक्दछ र आमाबाट बच्चामा एचआईभी तथा यौन संक्रमण समेत सर्ने संभावना कम हुन्छ । यसले नागरिककोे प्रजनन् चाहना अनुरुप प्रभावकारी परिवार नियोजनका साधन अपनाई प्रजनन स्वास्थ्यलाई व्यवस्थित बनाई गुणस्तरीय जिवन जिउन र प्रजनन उमेर समुहका व्यक्तिहरुलाई शिक्षा पूरा गरी शसक्त र आर्थिक रुपमा बलियो बनाउन मद्दत गर्दछ । फलस्वरुप प्रजनन उमेर समुहका व्यक्तिहरुको अनुपात अनुसार उत्पादकत्व बृद्धि भई देशको आर्थिक सवलिकरणमा टेवा पूग्दछ ।

नेपालका विभिन्न ठाउँहरुमा अझै पनि परिवार नियोजनका साधनहरुको प्रयोगले शरीरलाई कमजोर गर्छ, विभिन्न रोगहरु लाग्दछन, देउता रिसाउँछन्, बॉझोपना आउँछ आदि जस्ता धारणाहरु ब्याप्त छन । स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय परिवार नियोजन सेवाका विभिन्न पक्षहरु जस्तै परामर्श, संक्रमण रोकथाम, नियमित सेवा, उपयुक्त साधन छनौटको मौका, ग्राहक र सेवा प्रदायक बीच छलफल, ग्राहकमैत्रि व्यवहार, सेवाको गोपनियता आदि अझैपनि सन्तोषजनक स्थितिमा पुगेको देखिदैन ।

विशेषगरी किशोर किशोरीहरु, नवविवाहितहरु, उत्तर प्रसुति अवस्थाका महिला र तिनका श्रीमानहरु, घर वाहिर कार्यरत युवायुवतीहरु, सिमान्तकृत र सेवाको पहुँचभन्दा बाहिर रहेका व्यक्तिहरुको ज्ञान र व्यवहारमा परिवर्तन ल्याई लक्षित वर्गसम्म नियमितरुपमा परिवार नियोजन परामर्श र सबै विधिहरु सहित गुणस्तरीय सेवा पुर्याउन चुनौतिहरु कायमै छन । परिवार नियोजन सम्वन्धि समुदायमा चेतना अभिवृद्धि गरि व्यवहारमा परिवर्तत ल्याउन महिला स्वास्थ्य स्वयंसेविका तथा समुदाय स्तरमा कार्यरत सेवा प्रदायकहरुवाट भए गरेका प्रयासहरु मात्र प्रयाप्त छैनन । समुदायमा प्रजनन स्वास्थ्य र परिवार नियोजन परामर्श र सेवा सम्वन्धि थप कार्य गर्न सोही अनुसार तालिम प्राप्त जनशक्ति तथा श्रोत साधनहरुको विकेन्द्रिकरण जरुरी छ ।

देश संघीय संरचनामा गए संगै परिवार नियोजन सेवा सुदृढिकरणको लागि पालिका तथा वडास्तर सम्म परिवार नियोजन का सम्पूर्ण सेवाहरु उपलव्ध भएको सुनिश्चित हुनुपर्दछ । सातवटै प्रदेशमा स्वास्थ्यकर्मिहरुको क्षमता विकासको लागि आवश्यक पुर्वाधार र औजार उपकरण सहितको क्लिनिकल तालिम केन्द्र हुनु जरुरी छ । हरेक स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय सेवा प्रवाह गर्न उपयुक्त वातावरण तथा प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवाका साधन, उपकरण तथा सामग्रीहरुको नियमित आपुर्ति तथा व्यवस्थापन गर्न पालिका तह सक्षम हुनुपर्दछ । स्वास्थ्य सेवाको दिगोपनाको लागि हरेक पालिका तथा स्वास्थ्य संस्थामा गुणस्तर सुधार प्रणालीको कार्यान्वयन तथा परिवार नियोजन सेवालाई अन्य सेवासंग एकिकृत गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न र नियमित अनुगमनको लागि पालिका स्तरीय संयन्त्रको स्थापना यथाशक्य चाडो गर्नु पर्दछ । परिवार नियोजन कार्यक्रमलाई थप सुदृढ र प्रभावकारी वनाउन हरेक स्थानीय तहले निम्न कार्यहरु नियमित रुपमा गर्नु आवश्यक छ :

० सूचना शिक्षा सञ्चार तथा व्यवहार परिवर्तन गतिविधीहरु ।

० सेवा प्रदायक तथा व्यवस्थापकहरुको क्षमता अभिवृद्धि ।

० परिवार नियोजनका साधनहरुको आपूर्ति तथा व्यवस्थापन ।

० स्वास्थ्य संस्थाहरुवाट सुसूचित छनौट सहितको नियमित तथा गुणस्तरीय परिवार नियोजन सेवा प्रदान ।

० लामो अवधिको अस्थायी-स्थायी परिवार नियोजन सेवा सबै ठाउँमा विस्तार ।

० सेवा नभएका स्थानहरुमा परिवार नियोजन सेवा शिविर संचालन ।

० परिवार नियोजन सेवालाई स्वास्थ्य सेवा तथा अन्य क्षेत्रका कार्यक्रम संग एकिकरण ।

० लक्षित समुदायको लागि परिवार नियोजन सेवाको पंहुच बढाउन गाउँघर तथा खोप क्लिनिक र स्वास्थ्य ईकाई रहेका स्थानहरुवाट समेत परिवार नियोजन परामर्श, आवश्यक सेवा प्रदान तथा प्रेषण सेवा ।

सातवटै प्रदेशमा स्वास्थ्यकर्मिहरुको क्षमता विकासको लागि आवश्यक पुर्वाधार र औजार उपकरण सहितको क्लिनिकल तालिम केन्द्र हुनु जरुरी छ । हरेक स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय सेवा प्रवाह गर्न उपयुक्त वातावरण तथा प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवाका साधन, उपकरण तथा सामग्रीहरुको नियमित आपुर्ति तथा व्यवस्थापन गर्न पालिका तह सक्षम हुनुपर्दछ ।

यसको लागि परिवार नियोजनमा सरकारी, निजी, गैर सरकारी र सामाजिक बजारीकरण क्षेत्रहरुका विच साझेदारी भई सवै क्षेत्रवाट थप श्रोत तथा साधनहरु जुटाउनु जरुरी छ । अनि मात्र परिवार नियोजन शिक्षा र सेवा सर्व सुलभ भई ‘सानो परिवारः सुखि र संम्वृद्ध परिवार’ को दशकौं देखिको अधुरो नाराले सार्थकता पाउने छ ।

(यसका लेखक मदन राज भट्ट नेपालमा लामो समय देखि परिवार नियोजन विज्ञको रुपमा कार्यरत हुनुहुन्छ । उहॉ पाटन नगरपालिका वडा नं. ९ काकस्याली वैतडीका स्थायी बासिन्दा हुन्)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!