कविताः ‘मरुभुमिमा पानी’

चाहना त थियो उसको,

आमालाई हसाउने ।

आफ्नै जन्मभुमिमा सानो,

सन्सार बसाउने ।।

खाएर खाना मीठो,

आमाको हातको

हरेक दिन रात मेटाइ,

तृष्णाको प्यास त्यो

सपना त थियो उसको,

दुनियाँलाई देखाउने

शिर उचो बनाइ सधै,

बाबालाइ हिडाउने

हिजोलाई लत्याइ नयाँ,

आजलाइ रोजिरहेछ ।।।

कठै ! उ हेर आज मरुभुमिमा पानी खोजिरहेछ !

आकाशमा उडेको प्लेन हेर्दै,

पाइलट बन्छु म भन्थ्यो ।।

रोगी बाजेको नाडी छाम्दै,

डाक्टर हुन्छु म भन्थ्यो ।।

खाइ र नखाइ जसोतसो,

दिन त दियौं शिक्षा

बेरोजगारीले लियो,

र पो अग्निपरिक्षा

बन्द बाकसले उसका,

प्रमाणपत्र बोकिरहेछ ।।।।

कठै १ उ हेर आज मरुभूमिमा पानी खोजिरहेछ !

छुटेका पसिना शिरका,

भुइँ पुगिरहदा।।

आफ्नोपन र मायाको,

भिख मागिरहदा।।

तातो बालुवाले पैताला पोलेपनी

धड्कनले देशको नाम बोलेपनी

खुशी छौ हैन भन्दै अन्तर

आत्मालाई सोधिरहेछ।।।।।

कठै ! उ हेर आज मरुभूमिमा पानी खोजिरहेछ ! फेसबुकबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!