मेसीको बार्सिलोनाको लगातार जित, सोसिडा २-१ ले हार्‍यो

एजेन्सी, भदौ ३१ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार जिते निकालको छ । रियल सोसिडाडसँगको खेलमा १ गोलले पछि परेको बार्साले दोस्रो हाफमा २ गोल गर्दै लगातार जित निकाल्न सफल भएको हो ।

 

बार्साले सोसिडाडलाई पराजित गर्दै तालिकामा १२ अंक पुर्‍याएको छ । रियल सोसिडाडका लागि १२ औं मिनेटमा अट्रिज इल्यूसोन्डोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको सोसिडाडले दोस्रो हाफमा भने अग्रता जोगाउन सकेन ।

 

बार्साका लागि लुईस स्वारेजले ६३ औं मिनेटमा गोल गर्दै बार्सालाई १-१ का अवस्थामा ल्याएका थिए । बराबरी गरेको ३ मिनेटमा बार्साले अर्को गोल थप्दै जित तर्फ अग्रसर भएको थियो । बार्साका लागि उसमान डेम्बेलेले गोल गर्दै २-१ को अवस्थामा लगेका थिए । त्यसपछि थप गोल नभएपछि बार्सा स्पष्ट जित निकाल्न सफल भयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!