चाउचाउ छिटो नल्याएको निउँमा बझाङमा बालकको हत्या

बझाङ, भदौ ३१ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ ।

 

गाली गरेको निहुँमा उनको हत्या गरिएको हो । सोही ठाउँका ध्वज बोहराका १७ बर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

 

‘छाडा छाडा गाली गर्न थाल्यो लात्तााले पेटमा हानेर ढलाएँ’ तिलकले भने, ‘त्यसपछि ढुंगै ढुंगाले हानें, उ बोल्न छाडेपछि मकैबारीमा लगेर ढुंगाले छोपिदिएँ ।’ तिलक कजखोरी माविमा ८ कक्षामा अध्ययनरत छन् । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!