डोल्पाको बाटो बन्द भएपछि बामदेवले ताके बाँके

काठमाडौं, भदौ ३१ । गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । त्यहाँका कार्यकर्ताले मानेनन् ।

 

अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको छ । त्यो मिलाईदिन महासचिव विष्णु पोडेल लागिपरेका छन् । पौडेलले बाँके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् ।

 

रोकायले यसको पुष्टि गरेका छन् । उनले पौडेललाई पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए । ‘वामदेवजीलाई संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भने र त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्छु’, उनले भने । अन्नपूर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!