कुवेतमा तिज विशेष सांस्कृतिक कार्यक्रम भब्यरूपमा सम्पन्न

कुबेत,भदौ ३०।नेपाल कुवेत सांस्कृतिक मन्च द्धारा आयोजना गरिएको हरितालिका तिज बिशेष सांस्कृतिक
कार्यक्रम कुवेत स्थित फर्वनियाको अडोटोरीयन स्कुलमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ ।

चेलीबेटीहरुलाई सम्मान स्वरूप दर खुवाएर एक आपसमा सद्भावना बढाउन र मनोरंजन दिलाउनका लागी आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास कुवेत बाट उपस्थित राजदुत यज्ञ बहादुर हमालकी धर्म पत्नी रिता हमाल, श्रम सहचारी- ज्ञानेन्द्र शर्मा , अथितीमा, पत्रकार महासंघ कुवेतका अध्यक्ष ,हरी कृष्ण न्यौपाने लगायतले पानसमा बत्ती बालेर तिजको औपचारिक कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि रिता हमालले तीजको महत्त्व बारे प्रकाश पार्दै कुवेतमा १७ औ प्रस्तुती तीज महोत्सव आयोजना गरेर नेपाल कुवेत संस्कृतिक मञ्चले उल्लेखनीय काम गरेकोमा मुक्त कण्ठले प्रशंसा गरेकी थिईन।

गोबिन्द बरालको सभापतित्व रहेको उक्त कार्यक्रमलाई टीकाराम आचार्यले संचालन गरेको थिए भने स्वागत मन्तब्य डोलराज न्यौपानेले राखेका थिए ।


हमालले तीज एउटा पर्व मात्र नभएर संस्कृति पनि भएकोले यसको जगेर्नामा ध्यान दिनुपर्ने बताएकी छन, भने पत्रकार महासंघका अध्यक्ष हरी कृष्ण न्यौपाने, एन आरएन कुवेतकी उपाध्याय सुमित्रा पौडेल, सुजन केसी लगायतले नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको शुभकामना व्यक्त गरेका थिए ।

झन्डै ७ सय भन्दा धेरै नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न प्रस्तुति बाट उपस्थित सबैले मनोरंजन लिएका थिए । यस्तै कुबेतका विभिन्न ठाउँबाट कार्यक्रममा उपस्थित जनाउने सबैलाई आयोजकले धन्यवाद समेत व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!