कतारमा पनि मनाइयो तिज

सन्तोष क्षत्री
दोहा,भदौ ३०।रोजगारी लागि कतार पुगेका नेपालीहरुले शुक्रबार कतारको दोहा स्थित एक हलमा कार्यक्रमको आयोजना गरि भब्य रूपमा तिज मनाएका छन्।

कास्की आदर्श सेवा समाज कतारले नेपाली नारीहरुको माहान चाड हरितालीका तिजको अवसरमा शुक्रबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा लोक गायिका हरिदेवी कोइरालाले कतारवासी दिदिबहिनीलाई तिजिगितमा नचाएकि हुन।

कार्यक्रमको प्रमुख अथिती समेत रहेकी कर्णप्रीय स्वरकि धनी वरिष्ठ लोकगायिका, साहित्यकार एवं प्राज्ञिक ब्यक्तित्व कोइरालाले प्रदेशिएकाको वेदना समेटिएको `पाइन खबर, घर फर्की आउनुहोस मेरो हजुर…’ बोलको गित गाउदै कार्यक्रमको उद्घाटन गरेकी थिइन ।
सांस्कृतिक कार्यक्रमको सिलसिलामा बिदेश भ्रमणको लागि पहिलोपटक कतार आएकोमा दिदिबहिनी र दाजुभाइको उपस्तिथि आफुले अपेक्षा गरे भन्दा पनि बढी रहेको भन्दै कोइरालाले आफू नेपालमै रहेको अनुभुत भएको बताइन् । बिदेशको ठाउँमा रहेर पनि नेपाली गित संगीत प्रति व्यक्तगरेको मायाको लागि धन्यवाद दिदै कार्यक्रममा दिदीबहिनीको उल्लेखनीय उपस्तिथिले आफू अन्नपूर्ण, माछापुच्छ्रे हिमाल र फेवातालको छेउमै रहेको अनुभुती मिलेको बताइन् ।

याे पनि पढ्नुस  कतार नेपाली एकता समाजद्वारा दुर्गा खरेललाई विदाई

कार्यक्रममा गायिका कोइरालाले तिजि गित “झलझलि सम्झौली आमा”झिल झिल सितारा परदेशी हुनाले भैयो बितारा”लगाएतका दर्जनौ लोकप्रिय गित प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा सहभागीले तिजका गित संगीतमा बिकृति बढीरहेको बेला लामो समय सम्म नेपाली लोक गितको क्षेत्रमा सक्रिय पोख्रेली साहित्यकार एवं प्राज्ञिक ब्यक्तित्व कोइरालाको गित सुनेर बर्सौ पहिलेको तिजको झलको मिलेको बताए । कास्की आदर्श सेवा समाजका अध्यक्ष बिश्वबन्धु थापाले वरिष्ठ लोक गायिका कोइरालाले नेपाली गित संगीतमा पुर्याउनु भएको उल्लेखनीय योगदानको सम्मानको लागि आयोजित कार्यक्रममा दिदीबहिनीको सहभागिताले कार्यक्रम एतिहासिक बनेको बताए ।

याे पनि पढ्नुस  कतारमा नेपालीमाथि सा‌ंघातिक आक्रमणः एकको मृत्यु, ५ जना घाइते

समाजका अध्यक्ष बिश्वबन्धु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की आदर्श सेवा समाजका प्रमुख संरक्षक हंसराज ढकाल क्षत्री, समाजका संरक्षक एवं एनआरएन आइसिसी सदस्य बिमल सुबेदी, प्रवासी नेपाली मंचका उपाध्यक्ष द्रोण बस्नेत, जनसम्पर्क समितिका सह-महामन्त्री केदार भुसाल, कास्की आदर्श सेवा समाजका सल्लाहकार संयोजक मान प्रसाद मगर, एनआरएनए एनसिसि प्रतिनिधि आश बहादुर गुरुङ, सम्पुर्ण संघ संस्थाको तर्फबाट बाग्लुङ सेवा समाजका अध्यक्ष सागर पौडेल लगाएतले मन्तव्य राखेका थिए ।

कास्की आदर्श सेवा समाजका उपाध्यक्ष एवं फेवा सास्कृतिक परिवारका संयोजक प्रकाश बिकले स्वागत गरेको कार्यक्रमको संचालन सचीव खुशीमान गुरुङ र फेवा सास्कृतिक परिवारका सचीव सावित्री गिरिले गरेका थिए ।
कार्यक्रममा फेवा सास्कृतिक परिवारका कलाकार संगै विभिन्न स्थानीय कलाकारले तिजिगित र नृत्य प्रस्तुत गर्दै उपस्थित सबैलाई भरपुर मनोरंजन गराएका थिए।

याे पनि पढ्नुस  एनआरएनए आईसिसिको सदस्यमा भट्टको उम्मेदवारी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!