महेन्द्रनगर बजार भासी नजिक एक महिला मृत फेला

 

कञ्चनपुर,
कञ्चननपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. २ भासी बेरियल नजिक एक जना महिला मृत फेला परेकी छिन् ।

करीब ५०–५५ वर्ष उमेर देखिने महिला शनिबार बिहान भिमदत नगरपालिका–२ महुलिया जाने बाटोको नहरमा नजिकै नहरमा मृत अवस्थामा भेटिएकी हुन् ।

स्थानीयले नहरमा शव तैरिरहेको देखेपछि प्रहरीलार्इ खबर गरेका थिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ ।अहिले शव घटनास्थलमै रहेको छ
प्रहरीले घटनास्थलमा शवको मुचुल्का गरिरहेको छ।

घटनास्थलमा उपस्थित मध्ये कसैले पनि मृत महिलाको पहिचान गर्न सकेका छैनन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!