विप्लव निकट पत्रकार संगठनका ३९ जना केन्द्रीय सदस्यद्वारा कार्वाहीको विरोध, आरोप–प्रत्यारोप चुलियो

काठमाडौं, विप्लव निकट क्रान्तिकारी पत्रकार संगठनभित्रको विवादले नयाँ मोड लिएको छ ।

पार्टीले संगठनका केही नेताहरुलाई निष्काशित गरेको भोलीपल्ट संगठनका ३९ जना केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ती प्रकाशित गर्दै कार्वाहीको बिरोध गरेका छन् ।

यसैगरी संगठनको गतिविधिविरुद्ध लागेको भन्दै ३ जनालाई निष्काशित गरिएको छ ।

पढ्नुस विज्ञप्ती

क्रान्तिकारी पत्रकार संगठन, नेपाल
केन्द्रीय समिति

प्रेस विज्ञप्ति

लामो समयदेखि कठोरतापूर्ण संघर्ष गर्दै संगठनलाई स्थापित गर्ने र जनपक्षीय मुद्दाहरु उठान गर्दै आइरहे पनि केही खराब प्रवृतिले आन्तरिक कार्यमा बाधा व्यवधान उठाउँदै आएका कारण संगठनको जीवनमा केही अप्ठ्यारा सिर्जना भएका छन् । हाम्रो संगठनको गत बैशाख १५, १६ र १७ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनपछि केही आन्तरिक समस्या पैदा भएको सर्वविदितै छ । करिव पाँच महिनाको बीचमा संगठनभित्रै छलफल गरेर समस्या समाधान गर्न धेरै प्रयत्न गर्दा पनि केही खराव संस्कार र प्रवृति भएका पात्रहरुको अस्वभाविक चलखेलका कारण संगठनका कामकाजलाई अगाडि बढाउन अप्ठ्यारो भएका कारण हामी निम्न निर्णयमा पुग्न बाध्य भएका छौ ।

तीन वर्षअघि हैटौडामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनदेखि नै संगठनमा जवरजस्त गुट पैदा गर्ने र संगठनको जिम्मेवारीलाई आफ्नो व्यक्तिगत स्वार्थ पूर्तीमा लगाउँदै आएको सोही समूहले गत बैशाखमा सम्पन्न राष्ट्रिय सम्मेलनमा पार्टीका नेताहरुलाई विल्कुलै गलत सूचना दिने, अनावश्यक रुपमा उत्तेजित पार्ने र आन्तरिक काममा बाधा पु¥याउने काम ग¥यो । एकातिर प्रहरीले गरेको हस्तक्षेप र अर्कोतिर आन्तरिक रुपमा त्यो प्रवृतिले पु¥याएका बाधाले सम्मेलनले नयाँ नेतृत्व चयनको प्रक्रिया पूरा गर्न सकेको थिएन । हामी ती सबै समस्याहरुलाई आन्तरिक छलफलबाट टुंगो लगाउने भनेर पाँच महिनासम्म लाग्यौ । तर, यसबीच ती पात्रहरु एकातिर पार्टीको आडमा सञ्चालित मिडियालाई दुरुपयोग गरी अकूत पैसा उठाउने, बागबजारमा बसेर विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र तयार पार्ने धन्दा जस्तै लाग्ने नक्कली सूचना तयार पार्ने र ती गलत सूचनाहरु पार्टीका नेताहरुलाई निरन्तर पु¥याउने, कठोर संघर्ष, दुःख कष््ट सहँदै देशभरका साथीहरुको मेहनतबाट स्थापित भएको संगठनलाई सिध्याउने अनुशासनहीन, नैतिकहीन र विल्कुलै गलत धन्दामा लागेका कारण तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा चयन भएका प्रकाश डुम्रे, हिम विष्ट, सिर्जना तिम्सिनालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने निर्णय गरिएको जानकारी गराउँदछौ ।

साथै केही पात्रहरुले संगठनको तेस्रो राष्ट्रिय सम्मेलनको आन्तरिक प्रशिक्षण तथा छलफलको अडियो रेकर्ड गरी त्यो रेकर्ड प्रहरीलाई समेत पु¥याएको समेत थाहा हुन आएको छ । संगठनबाट निस्कासन गरिएका तीन जनाका अन्य धन्दाहरुको पनि छिट्टै प्रर्दाफास गरिनेछ । सोही गुटका केही पात्रहरुको सन्देहात्मक भूमिका रहेको प्रारम्भिक सूचना पनि आएको छ । तिनका बारेमा अझै अध्ययन जारी छ । यसले संगठन र समग्र आन्दोलनमा नै घातक भूमिका खेल्ने भएकोले यस्ता प्रवृतिको व्यापक भण्डाफोर गरिने पनि जानकारी गराउँदछौ ।

क्रान्तिकारी पत्रकार संगठन, नेपाल आफ्नो उद्देश्य, अभियान र बुझाइमा प्रतिवद्ध छ । हामी आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको प्रेस स्वतन्त्रता, विचार र आस्थाको स्वतन्त्रताको पक्षमा सधै संघर्षमा छौ । यसैक्रममा सरकारले लागु गरेको मुलुकी ऐनले नागरिक अधिकारसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठूलो हस्तक्षेप गरेकोले त्यसका विरुद्ध पनि संघर्षमा देशव्यापी रुपमा उत्रने घोषणा गर्दछौ ।

तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय सदस्यहरु ः

मितिः २०७५।०५।२९
१। डिल्लीराज रावत
२। कमल बुढा
३। भौतिक मल्ल
४। दिप ब। घर्ती
५। जन्मदेव जैसी
६। निलम आरसी
७। नवराज ढकाल
८। हरी भण्डारी
९। बाबुराम भुषाल
१०। उन्नति चौधरी
११। रुपेन्द्र ऐडी
१२। बैकुण्ठ गिरी
१३। केशव न्यौपाने
१४। तिलक अधिकारी
१५। जीवन हमाल
१६। राजकपुर महर्जन
१७। साहस भट्ट
१८। गणेश रोका
१९। धनञ्जय बुढा
२०। राजेन्द्र अधिकारी
२१। होमनाथ न्यौपाने
२२। रमेश भट्टराई
२३। सुदिप वर्देवा
२४। दिया चन्द
२५। राजु बोहोरा
२६। करण बडाल
२७। शैलेश डंगोल
२८। सुरज प्याकुरेल
२९। केशव भूल
३०। शोभराज बराल
३१। मिसन थापा
३२। रुपा गुरुङ
३३। तिर्थराज बोहोरा
३४। गोविन्द विश्वकर्मा
३५। जगदिशनाथ योगी
३६। सन्तोषकुमार गुप्ता
३७। टिका केसी
३८। राज सापकोटा
३९। नवराज न्यौपाने

कमेन्ट गर्नुहोस्

error: Content is protected !!