४० बोरिङमा मन्त्री बिनाको छड्के, ‘मापदण्ड नमान्नेहरु कार्वाहीमा पर्छन् : मन्त्री मगर (भिडियाेसहित)

काठमाडौं, भदौ ३० । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका ४० वटा बोरिङ र ती बोरिङबाट पानी सप्लाई गर्ने ट्याङ्करहरुमा छड्के अनुगमन गरेको छ ।

शनिबार बिहान खानेपानी मन्त्री बिना मगर, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर सहितको टोलीले उपत्यकाका ४० बोरिङ र सयौं ट्याङ्करहरुको छड्के अनुगमन गरेको हो । मन्त्रालयले ५ वटा टोली बनाएर उपत्यकाका बोरिङ र ट्याङ्करहरुको अनुगमन गरेको थियो ।

मन्त्री मगरले गोदावारी, हरिसिद्धी, सिद्धी विनायक, बाँसबारी लगायतका स्थानमा रहेका बोरिङ र पानी ओसार्ने ट्याङ्करहरुको निरीक्षण गरेकी हुन् । मन्त्रालयको टोलीले चावहिल, गौशाला, बालाजु, चोभार, ठूलोभ¥र्याङ, जोरपाटी लगायत उपत्यकाका विभिन्न स्थानमा रहेका बोरिङ र ट्याङ्करहरुको छड्के अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ४० प्रतिशत ट्याङ्करहरुले तोकिएको मापदण्डअनुसार स्टिकर नटाँसेको पाइएको छ । मन्त्रालयले पिउने पानीका लागि निलो स्टिकर, घरायसी प्रयोजनका लागि प्रयोग गरिने पानीका लागि हरियो स्टिकर र अन्य प्रयोजनको पानीका लागि पहेंलो स्टिकरको व्यवस्था गरेकोमा ४० प्रतिशत ट्याङ्करहरुले स्टिकरको प्रयोग नगरेका हुन् ।

याे पनि पढ्नुस  फिल्डमै बसेर मेलम्चीको काम गर्न आयोजना प्रमुखलाई निर्देशन

अन्य प्रयोजन र घरायसी प्रयोजनका लागि प्रयोग हुने पानी पिउने पानी भन्दै बेच्न थालिएको सूचनाका आधारमा मन्त्रालयले बोरिङ र ट्याङ्करहरुको छड्के गरेको हो । छड्केका क्रममा सरकारको मापदण्ड पूरा नगर्ने केही बोरिङ र ट्याङ्करहरुका कागजात टोलीले नियन्त्रणमा लिएको छ ।

टोलीले सरकारले तोकेको स्टिकर प्रयोग गर्न र जुन प्रयोजनका लागि अनुमति लिइएको हो, त्यही प्रयोजनका लागि मात्र पानीको बिक्री, बितरण गर्न सम्बन्धित बोरिङ र ट्याङ्करहरुलाई चेतावनीसमेत दिएको छ । अनुगमनका क्रममा स्थानीयले बोरिङ र ट्याङ्करहरुले फोहोर पानी बेचेको, प्रशोधन नगरेको, मसानघाटको पानी सिधै ट्याङ्करमा भर्ने गरेको मन्त्री मगरसँग गुनासो गरेका थिए ।

याे पनि पढ्नुस  फिल्डमै बसेर मेलम्चीको काम गर्न आयोजना प्रमुखलाई निर्देशन

अनुगमनपछि पत्रकारहरुसँग बोल्दै मन्त्री बिना मगरले सरकारले तोकेको मापदण्ड पूरा नगर्ने बोरिङ र ट्याङ्करहरुलाई कार्वाही गर्ने बताइन् । मन्त्री मगरले भनिन्, ’सरकारले बोरिङको पानीबारे जुन व्यवस्था गरेको छ, त्यो सबैले लागू गर्नुपर्छ । हामी सबै नेपालीले शुद्ध र गुणस्तर पानी सुलभ मूल्यमा प्राप्त गरुन् भन्नेमा छौं । जसले मान्दैन, त्यो कार्वाहीमा पर्छ । हामी नियमित अनुगमन गर्छौं र उपभोक्ता अधिकारको संरक्षण गर्छौं ।’

मन्त्री मगरले खानेपानी ऐन नहुँदा पनि बेथिति नियन्त्रण गर्न चुनौति भएको बताइन् । उनले भनिन्, ‘हामीसँग अहिलेसम्म पिउने पानीसम्बन्धि ऐन छैन, यसले पनि कतिपय बेथिति समाधानका लागि चुनौति बनेको छ । हामीले खानेपानी सम्बन्धि छुट्टै ऐनको मस्यौदा तयार गरेका छौं, त्यो पारित भएपछि उपभोक्ता अधिकार थप सशक्त हुनेछ ।’

याे पनि पढ्नुस  फिल्डमै बसेर मेलम्चीको काम गर्न आयोजना प्रमुखलाई निर्देशन

जार र बोतलको पानीको क्षेत्राधिकार खानेपानी मन्त्रालय मातहत नहुँदा पनि समस्या आएको मन्त्री मगरले बताइन् । उनले थपिन्, ‘हामीले बोरिङ र ट्याङ्करको पानीको मात्र अनुगमन गरिरहेका छौं । जार र बोतलको पानी हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन, त्यसलाई पनि खानेपानी मन्त्रालय मातहत ल्याएर शुद्ध खानेपानीको व्यवस्थापन गर्न हामीले प्रयत्न गरिरहेका छौं ।’

हेर्नुहाेस् भिडियाे-

खानेपानी मन्त्रालयद्वारा चालीस बोरिङमा छड्के, सरकारको मापदण्ड पूरा नगर्नेहरु कार्वाहीमा पर्छन् : मन्त्री बिना मगर

Posted by Manahari Timilsina on Friday, 14 September 2018

कमेन्ट गर्नुहोस्

error: Content is protected !!