चीन जानुपूर्व प्रचण्डको उद्घोष: पार्टी एकताको सबै काम दसैँअगावै

काठमाडौँ, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का अध्यक्ष प्रचण्डले दसैँ पहिले पार्टी एकताको सम्पूर्ण काम टुङ्गिने बताएका छन् ।

चीन भ्रमण जाने क्रममा शनिवार विहान पत्रकारहरूसँगको संक्षिप्त भेटघाटमा प्रचण्डले उक्त विचार व्यक्त गरेका हुन् । पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै प्रचण्डले यस विषयमा छलफल निकै अगाडि बढिसकेको र आफू भ्रमणबाट फर्के लगत्तै छलफल अगाडि बढ्ने बताए ।

आफ्नो चीन भ्रमणबारे स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ” यो भ्रमण विशेष गरी दुई पार्टीका सबै अनुभवहरूको आदान-प्रदान गर्ने एवं सम्बन्धलाई सुदृढ गर्ने र दुई सरकारबीच विगतमा भएका सहमति र सम्झौतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने कुरामा केन्द्रित रहेको छ ।”

याे पनि पढ्नुस  ‘समाजवादमा मौलिक अधिकार भनेको स्वस्थ जीवन हो’

आफू चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा जान थालेकाले भ्रमण बढीजसो अन्तरपार्टी सम्बन्धमै केन्द्रित हुने समेत प्रचण्डको भनाइ थियो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!