अमेरिकामा फ्लोरेन्स आँधीको त्रासदी, ५ को मृत्यु, जनजीवन प्रभावित

वाशिङ्गटन डिसी । अमेरिकामा फ्लोरेन्स समुन्द्री आँधीले जनजीवन प्रभावित पारेको छ । आँधीका कारण पाँच जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्वी तटीय क्षेत्रमा आएको उक्त आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको छ ।  विद्यु्त् आपूर्ति नियमित गर्न कम्तीमा एक हप्तासम्म लाग्ने अनुमान गरिएको छ ।

उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनियाको तटीय इलाकाका झन्डै १७ लाख व्यक्तिलाई पाँच दिनअघि देखि नै सुरक्षित स्थानमा जान निर्देशन दिइएसंगै हताहती हुनेको संख्यामा कमी ल्याउन सफल भएको स्थानीय अधिकारीले जनाएका छन् ।

यति हुँदाहुँदै पनि कयौं मानिस प्रभावित क्षेत्रमै फसेका छन् । फसेकाहरुलाई उद्दारको प्रयास भइरहेको छ ।

जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ । सुरुवातमा १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधी अहिले ११० किलोमिटरको रफ्तारमा झरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!