एकाबिहानै ललितपुर र काठमाडौंका पानी उद्योगमा खानेपानी मन्त्रीको छापा, जोरपाटीबाट ४ ट्यांकर नियन्त्रणमा

काठमाडौं, भदौ ३० । खानेपानी मन्त्री बीना मगरले राजधानी उपत्यकाका बिभिन्न स्थानमा रहेका पानी उद्योगहरुको अनुगमन गरेकी छिन् ।

शनिबार बिहानै काठमाडौं र ललितपुर जिल्लाका बिभिन्न स्थानमा रहेका खानेपानी उद्योगहरुको अनुगमन गरिएको हो । मन्त्री बिना मगर नेतृत्वको टोलीले ललितपुरमा अनुगमन गरिरहेको छ ।
मन्त्रीको निर्देशनमा मन्त्रालय मातहतका कर्मचारी तथा सचिवालयका बिभिन्न पाँच वटा टीमले अलग अलग स्थानमा अनुगमन गरेका थिए । अनुगमन टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट चार वटा स्टिकर नराखेका ट्यांकरहरुलाई नियन्त्रणमा लिएको छ।

धिकारीहरुले शनिबार बिहानदेखि काठमाडौं र ललितपुरका बिभिन्न क्षेत्रमा अनुगमन जारी राखेका छन् । अनुगमनका लागि खानेपानी मन्त्रालयका पाँच टोली परिचालित छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!