मध्य रातीदेखि बढीघाट खोला थुनियो, चार घर डुबानमा

बाग्लुङ, भदौ ३० । जिल्लाको ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा गए रातिदेखि बढीघाट खोला थुनिएको छ । राती करिब १२ बजेदेखि खोला थुनिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । ढोरपाटन नगरपालिका १ र बढीघाट गाउँपालिका-७ अन्तर्गत भर्याङ् क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि खोला थुनिएको हो ।

 

खोला थुिनएपछि ढोरपाटन नगरपालिका २ को सिमलचौर क्षेत्रका ४ वटा घरहरु डुबानमा परेको स्थानीयबासिन्दाले बताएका छन् । डुबानबाट कुनै मानवीय क्षति भएको छैन ।

 

पहाड माथिबाट खसेको ठूलो चट्टानले खोला थुनेपछि बढीघाट छेउछाउमा रहेका बाग्लुङ्ग र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरु थुिनएको खोलाको ताल कुनै पनि बेला फुट्न सक्ने खतराबाट निकै त्रसित बनेका छन् । घटनाको जानकारी पाएपछि रातै नै बाग्लुुङबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, नेपाली सेना सहितको टोली घटनास्थलमा जाँदैछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!