महफिल ए काव्य उपासनाको ३२ औं शृंखला सम्पन्न

काठमाडौं, भदौ २९ । १५३ औं मोती जयन्तीको अवसर पारेर ‘महफिल ए काव्य उपासना’को ३२ औं शृंखला सम्पन्न गरिएको छ ।

राजधानीको बबरमहलस्थित ‘ओलंपिया वर्ल्ड कलेज’को पुस्तकालय भवनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली गजलका प्रवर्तक युवाकवि मोतीराम भट्टप्रति श्रद्धाञ्जलि अर्पण र रचनावाचन सहित मनाइयो ।

रसमय गजलहरूकाे तरन्नुममय वाचन सहित सम्पन्न जुकत कार्यक्रम काव्य उपासना परिवारका संरक्षक डा. कृष्ण जंग राणाको गजल वाचनबाट आरम्भ गरिएको थियो ।

कार्यक्रमका सहजकर्ता समेत रहेका डा सनतकुमार वस्तीले मोतीराम भट्टको गजल ‘पयरमा कडा चोट खाएर आएँ, म भन्दै थिएँ होश राखेर आए’ गाएर सुनाएका थिए ।

उक्त कार्यक्रममा नेपाली भाषाका अतिरिक्त हिन्दी र उर्दू भाषाका गजलहरू समेत वाचन र श्रवण गरिएका थिए ।
कार्यक्रममा उर्दू एकेडेमीका अध्यक्ष इम्तियाज वफा, प्रसिद्ध उर्दू शायर अब्दुल माेबिन खान, हिन्दी कवयित्री डा श्वेता दीप्ति, बहुभाषी साहित्यकार गाेपाल अश्क, नेपाली गजलस्रष्टाहरू भुवन निस्तेज, दिग्गज द्याैराली, अम्बु बिहानी, रमेश रसिक पाैडेल, डा जीवन अधिकारी एवं कविहरू प्रा तीर्थराज वन्त, प्रकाशप्रसाद उपाध्याय, मदनराज थापा, रमेशानन्द वैद्य, राधेश्याम ढकाल, मनाेजराज सुवेदी, महेश प्रसाद रिजाल, तपेन्द्र क्षेत्री अादिले रचना वाचन गरेका थिए ।

कार्यक्रममा काव्य उपासनापरिवारका सल्लाहकार डा काशीनाथ न्याैपाने, पत्रकार राजेश खनाल, विनीता अधिकारी, विमर्श कंडेल, दीक्षा अधिकारी, चीजन भट्टराई, माधुरी वि क अादिको उपस्थिति रहेको थियो ।

काव्य उपासना परिवारले हरेक महिनाको अंतिम शुक्रवार नियमित रूपमा गजलवाचनको कार्यक्रम राख्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!