दशै तिहारको अवसरपारी कतारमा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना

सन्तोष क्षत्री

दोहा,भदौ २८।नेपालीहरुको महानपर्व विजयादशमी तथा सुभ दिपावलीको पावन अवसरमा कतारमा बिबिध सांस्कृतिक कार्यक्रम हुने भएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको निर्माणधिन भवनको लागी आर्थिक सहयोगार्थ कतार शाखाले सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी, लोक तथा दोहोरी गायिका तुलसा जिसि क्षत्री र मोड्ल रोजि बस्नेतको प्रस्तुति रहने कार्यक्रम संयोजक शक्ति क्षत्रीले बताए ।

कार्यक्रम संयोजक क्षत्रीले प्रतिष्ठानको भवन निर्माणमा आर्थिक सहयोग पुर्याउने पबित्र उदेश्यले कार्यक्रम आयोजना गरिएकोले कतारमा स्थापित संघ/संस्था, उद्योगी ब्यबसायी, समाजसेवी, पत्रकार लगाएत सम्पुर्णलाई सहभागीताको लागी आग्रह गरे । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखाका प्रथम उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक क्षत्रीले विजयादशमी तथा सुभ दिपावलीको सुभकामना आदानप्रदान सहित आयोजना गरिएको बिबिध सांस्कृतिक कार्यक्रमको तयारी तीब्र पारिएको बताए ।

याे पनि पढ्नुस  एन आर एन ए एन सि सि कतारको अध्यक्षमा मुक्तदा बिजयी

आगामी अक्टोबर ५ तारिख शुक्रवारका दिन दोहा नज्मा स्थित शालिमार प्यालेस होटलको सभाहलमा हुने कार्यक्रमा नेपाल बाट आउने कलाकार संगै स्थानीय कलाकारको पनि प्रस्तुती रहने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखाका अध्यक्ष कृष्ण बरालले बताए ।

कार्यक्रममा प्रवेश शुल्क पुरुषकोलाई ४० कतारी रियल तोकिएको छ भने महिला दिदिबहिनिको लागी निशुल्क रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!