नेकपाको बैठक शुरु, प्रदेश कमिटीको टुंगो लाग्ने, निर्मला हत्त्या अनुसन्धान पनि एजेन्डामा

काठमाडौ, नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । समय अभावका कारण हिजो स्थगित भएको बैठक आज पार्टीका तल्ला कमिटीको एकीकरणमा केन्द्रित हुने देखिन्छ ।

बैठकमा आज प्रदेश कमिटीको टुंगो लाग्ने श्रोतले जनाएको छ । कार्यदलमा सहमती भएका प्रदेशमा सोही बमोजिम र विवाद रहेको स्थानमा योग्यता र वरिष्ठतालाई आधार मानेर निर्णय गरिने सम्भावना छ । आजको बैठकमा निर्मला हत्त्याकाण्डको अनुसन्धानको प्रगती विवरणबारे पनि छलफल गरिने बताईएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!