निलम्बित एसपी डिल्ली विष्टको डीएनए परिक्षण शुरु

काठमाडौँ — १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा निलम्बित एसपी डिल्ली विष्टको डीएनए परिक्षणका लागि नमूना सन्कलन गरिएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका छन् ।

मृतकको योनीबाट लिइएको ‘स्वाब’को डीएनए परिक्षणमा भेटीएको पुरुषको डीएनए अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको २ दिनपछि निलम्बित एसपी विष्टको डीएनए परिक्षण गर्न लागिएको हो।
बिष्टका छोरा र अन्य आरोपितको पनि डीएनए परीक्षण हुने भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!