डेरी उद्योगमा रामदेवको इन्ट्री, घ्यूसहित ५ उत्पादन सार्वजनिक

काठमाडौं, उत्पादनको संसारमा तीब्र गतिमा अघि बढेका रामदेवले दुग्ध उद्योगमा समेत प्रवेश गरेका छन् ।

बहुराष्ट्रिय कम्पनीहरुको पूर्ण प्रभावमा रहेको भारतीय दुग्ध बजारमा पतन्जलीको प्रवेशले कस्तो असर पर्छ, त्यो भने हेर्न बाँकी छ ।

बिहिबार नयाँ दिल्लीको तालकटोरा स्टेडियममा रामदेवले दुग्ध उद्योगसँग सम्बन्धित आफ्ना केही उत्पादनहरु सार्वजनिक गरे । यसमा दूध, दही, पनीर, महीलगायतका उत्पादन रहेका छन् ।

योसँगै रामदेवले धूलो दुध समेत बजारमा ल्याउने बताएका छन ।

कार्यक्रममा रामदेव आफैले गाइको दूध दुहेका थिए ।

कम्पनीका अनुसार, वर्ष २०२० सम्म दुग्ध उत्पादनबाट १ हजार करोड रुपैयाँको राजस्व प्राप्त गर्ने लक्ष्य लिइएको छ । कम्पनीले दिल्ली, मुम्बई, पुना र राजस्थानमा दूधको आपूर्तिका लागि ५७ हजार थोक बिक्रेता समेत नियुक्त गरेको छ ।

यसबाट हरेक दिन १० लाख लिटर दूधको आपूर्ति हुने बताइन्छ । रामदेवका अनुसार १ लाख किसान र पशुपालक उनीसँग जोडिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!