भारत सरकारद्वारा ३२८ औषधिमाथि प्रतिबन्ध

नयाँ दिल्ली । भारतको केन्द्र सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले बिभिन्न ३ सय २८ वटा औषधि प्रतिबन्धित गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, यी औषधीको सेवनबाट उपभोक्ताको स्वास्थ्यमा सकारात्मक प्रभाव नपर्ने भएकोेले प्रतिबन्ध लगाइएको हो ।

जनहितमा प्रतिबन्ध भन्दै ठूलो संख्यामा रहेका यी औषधीको उत्पादन, बजारीकरण र बिक्रीमा तत्काल रोक लगाएको हो । यसमा धेरैजसो कफ सिरप, रुघाखोकी र एन्टी बायोटिक औषधीहरु रहेका छन् ।

सरकारले सबै औषधिको कम्बिनेसन र ब्रान्ड भने सार्वजनिक गरेको छैन ।

रुघाखोकीका अधिकांश औषधीहरुमा नशालु पदार्थ रहेको हुन्छ ।

ड्रग टेक्निकल एडभाइजरी बोर्डका अनुसार, यी औषधीहरुमा रहेका रसायनिक तत्वको सही प्रकारले प्रयोग भएको देखिँदैन । यिनीहरु फिक्स डोज कम्बिनेशन समेत भनिन्छ । उदाहरणका लागि सिटामोलसँग कुनै औषधि मिलेको भए त्यसलाई फिक्स्ड डोज कम्बिनेशन मानिन्छ । जस्तो डिकोल्डमा सिटामोलसँग अन्य तत्व मिलाइएको हुन्छ ।

यसअघि पनि सरकारले सन् २०१० मा सरकारले कम्बिनेसन भएका यस्ता ४२२ औषधीमाथि प्रतिबन्ध लगाएको थियो । पछि अदालतमा मुद्दा परेपछि यो निर्णय फिर्ता गरिएको थियो ।

औषधी उत्पादनमा भारतले विश्व बजारको ठूलो हिस्सा ओगटेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!