भूपू गोर्खा सैनिकमाझ प्रचण्ड: नागरिकतासम्बन्धी भ्रमहरू चाँडै अन्त्य हुने

काठमाडौँ, भदौ २८ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले भूपू गोर्खा सैनिक वंशजकै आधारमा नेपाली नागरिक रहेकोले उनीहरूको नागरिकताबारेमा रहेका भ्रमहरू चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

गोर्खा भूतपूर्व सैनिक र उनका परिवारलाई वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता तथा पूँजी पलायन विषयक कार्यशाला गोष्ठीमा बोल्दै प्रचण्डले १९४७ को त्रिपक्षीय सन्धिद्वारा परिभाषित ब्रिटिश गोर्खा सैनिकहरू अन्य गैर आवाशीय नेपालीहरूभन्दा फरक तरिकाले हेरिनुपर्ने बताएका छन् ।

प्रचण्डले अन्य गैर आवासीय नेपाली र गोर्खा सैनिकहरूको नागरिकतालाई एउटै तरिकाले परिभाषित गरिएका कारण भ्रमहरू सिर्जना भएको प्रचण्डको मत रहेको छ ।

याे पनि पढ्नुस  प्रचण्ड र रेणु दाहाललाई गाली गर्ने रविका समर्थक पक्राउ

अध्यक्ष प्रचण्डले त्रिपक्षीय सम्झौता र भूतपूर्व गोर्खा सैनिकहरूको निरन्तर संघर्षका कारण ब्रिटिश सरकारबाट सम्मानस्वरूप प्राप्त नागरिकताका कारण उनीहरूको वंशजका आधारमा प्राप्त नेपाली नागरिकता रद्द भइसकेको भन्ने कहीँ कतै उल्लेख नभएका कारण यसलाई नेपाल राष्ट्रसँग जोडेर हेरिनुपर्ने बताए ।

प्रचण्डले भने, “अहिलेको संवैधानिक व्यवस्थाले तपाईंहरूको वंशजको नागरिकता खोस्ने भन्ने व्यवस्था गरेको मैले बुझेको छैन तर पनि कहीँ न कहीं केही भ्रम भने रहिराखेको छ ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!