नयाँ कानुनसँगै सम्बन्ध विच्छेद गर्नेको लर्को, रुपन्देहीमा १७ को निवेदन

रुपन्देही । रुपन्देहीमा सम्बन्ध विच्छेद गर्ने पुरुषहरु बढ्न थालेका छन् । नयाँ मुलकी संहिता लागु भएपछि नयाँ कानुनलाई टेक्दै पुरुषहरु सम्बन्ध बिच्छेदका लागि अदालतमा पुगेका हुन् ।

पुरानो मुलकी ऐनमा श्रीमतीले मात्र श्रीमानसँग सम्बन्ध बिच्छेद गर्न सक्ने प्रावाधन थियो ।

तर, सरकारले हालै कार्यान्वयनमा ल्याएको नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ अन्र्तगत श्रीमानले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने भएपछि सम्बन्ध विच्छेद गर्न खोज्ने पुरुषहरुको संख्या बढेको हो ।

२०७५ भदौ एक गतेदेखि मुलुकी संहिता लागु भएपछि भदौ २२ गतेसम्म ५० वटा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार संजिव पोखरेलले जानकारी दिए ।

२२ दिनको अवधीमा अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दाहरु दर्ता भएका छन् ।

२२ दिनको अवधी ५० वटा मुद्दा मध्ये २६ वटा पुरुषले र २४ वटा महिलाले सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराएको कार्यालयले जनाएको छ ।

सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराउने पुरुषहरु अधिकांश २७ देखि ३८ वर्ष उमेर समूहका छन् ।

पुरुषहरु प्राय मुलुकी देवानी संहिताको परिच्छेद ३ सम्बन्ध बिच्छेद सम्बन्धी व्यवस्थाको दफा ९४ को ९ग० लाई टेकेर सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराएको देखिएको श्रेष्तेदार पोखरेलको भनाइ छ ।

इमेजखबरबाट साभार गरिएको

कमेन्ट गर्नुहोस्

error: Content is protected !!