स्वास्थ्यकर्मीले तोकेको समयमा अन्यत्र काम गरे कार्वाही, विदेशमा उपचार गरे सरकारले खर्च नब्यहोर्ने

काठमाडौ, राज्यको ढुकुटीबाट विदेशमा उपचार खर्च भन्ने विषयमा चौतर्फी आलोचना हुँदै आएको बेला सरकारले नयाँ कानुन ल्याउने तयारी गरेको छ ।

सरकारले व्यवस्थापिका संसद्‌मा पेश गरेको जनस्वास्थ्य सम्बन्धी विधेयकमा बैदेशिक उपचारवाफत खर्च उपलब्ध नहुने उल्लेख्य गरिएको हो ।

प्रतिवेदनमा भनिएको छ, “प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।”

यो प्रावधान लागु भएमा विदेशमा हुने उपचार खर्च पाउने छैनन् । अहिले कतिपय राजनीतिक व्यक्तिहरुले विदेशमा उपचार गराउँदा सरकारबाट सोधभर्ना गरेको पाइन्छ ।

त्यस्तै सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले सरकारले तोकेको समयमा अन्यत्र काम गर्न नपाउने ब्यवस्था प्रतिवेदनमा थप गरेको छ।

कुनै अस्पतालले अर्को विस्तारित अस्पताल खोल्न समेत यो सिमितिको परिमार्जित प्रतिवेदनले खुला गरेको छ। स्वास्थ्य संस्थाले उपलब्ध स्रोतसाधन र जनशक्तिको आधारमा आवश्यकता अनुसार सेवा विस्तार गर्न सकिने प्रावधान थप गरेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!