निर्मला हत्याकाण्डबारे बोल्दै गृहमन्त्री

काठमाडौँ, भदौ २८ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणमा शुक्रबार संसदलाई यथार्थ जानकारी गराउने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पन्तको हत्याबारे सरकारको जवाफ माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि गृहमन्त्रीलाई संसदलाई जानकारी गराउन लागेका हुन् ।

कानूनमन्त्री भानुभक्त ढकालले गृहमन्त्रीले शुक्रबारको बैठकमा निर्मला हत्याकाण्ड, रोल्पाका रोहित पुन हत्याकाण्ड र पत्रकार राजु बस्नेत पक्राउ प्रकरणमा गृहमन्त्रीले जवाफ दिने जानकारी गराएसँगै अवरुद्ध संसद फेरि सुचारु भएको हो ।
यसअघि सभामुख कृष्ण बहादुर महराले घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका थिए ।

संसद बैठकमा बोल्दै काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले पन्तको बलात्कारपछि हत्याको घटना दिनानुदिन नाटकिय रुपमा बढी जटिल र रहस्यमय बन्दै गएको बताउँदै एकपछि अर्को अनुसन्धान टोली परिर्वतन भईरहेपनि तर अनुसन्धानकार्य बास्तविक अपराधी सम्म पुग्न बताएका थिए ।

उनले भने, ुअनुसन्धान मार्फत बास्तविक दोषी पत्ता लगाउन तर्फ भन्दा समग्र राज्य संयन्त्र नै बास्तविकता ढाकछोप गर्न केन्द्रीत रहेको देखिएको छ । यस घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिन थालेको आभास जनताले गर्न थालेका छन् ।ु
पछिल्लो अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव विरेन्द्र केसीले अनुसन्धानको विश्वसनियतामा गम्भीर प्रश्न उठाउदै राजीनामा दिएको विषयमा पनि उनले उठाएका थिए ।

केसीले पन्तको आत्मा र पीडीत परिवारले न्याय पाउने संभावना नदेखको तथा शक्तिशाली अपराधीहरूबाट मेरो ज्यान खतरामा रहेको हुँदा सरकार, मानवधिकार आयोग, राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्था र नागकिक समाजलाई समेत जीवनरक्षाका लागि अपिल गर्दै छानविन टोलीको सदस्यबाट राजीनामा दिनुले गम्भीर स्थितिको श्रृजना गरेको भन्दै उनले त्यसबारे सरकारको जवाफ माग गरे ।

उनले भने, ‘आखिर यो अवस्था किन र कसरी आयो रु यी शक्तिशाली भनिएका अपराधीहरु को हुन् रुयो राज्यको सुरक्षा व्यवस्था र अवस्था प्रति नेपाल सरकारको उपसचिवले समेत विश्वास गर्न नसक्ने र जीवनरक्षाका लागि संयुक्त राष्ट्रसंघ र नागरिक समाजलाई लाई गुहार्नुपर्ने अवस्था किन र कसरी आयो रु यसले अत्यन्तै गम्भीर प्रश्न उब्जाएको छ । राज्यको संयन्त्र सरकारले चलाईरहेको छ वा अन्य कुनै शक्तिले ?”

उनले नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्याका दोषिलाई कानुनी दायरामा ल्याउन नसक्नुको कारण र खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई नियन्त्रणमा लिनुको कारण पनि सरकार संग माग गरेको छ । बस्नेतलाई अकारण नियन्त्रणमा लिएर सरकारले पत्रकारमाथि आक्रमण र प्रेस स्वन्त्रतामाथि हस्तक्षेप गर्ने काम गरेको ठहर कांग्रेसले गरेको छ ।

यी सबै घटना बारे सरकारको जवाफ माग गर्दै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि फेरि सुरु भएको बैठकमा शुक्रबार गृहमन्त्रीले राजीनामा दिने जानकारी गराइएको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!