निर्मला हत्या छानबिनबारे जवाफ माग गर्दै काङ्ग्रेसद्वारा सदन अवरुद्ध

काठमाडौं । नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा छानविनमा ढिलाइ भएको भन्दै कांग्रेसले संसद बैठक अवरोध गरेको हो। कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या भएको थियो।

संसद बैठकको सुरुवातमै कांग्रेस सांसद दीलेन्द्र बडुले अनुसन्धान टोली परिवर्तन भएपनि हत्यारा पत्ता नलागेकोमा आपत्ति जनाए । उनले अनुसन्धान टोलीका सदस्यले समेत आफ्नो जीवन रक्षाका लागि अपिल गर्नुपर्ने अवस्था किन आयो भन्दै प्रश्न गरे।

‘अनुसन्धान कार्य वास्तविक अपराधीसम्म पुग्न सकेको छैन । वास्तविक दोषी पत्ता लगाउने भन्दा राज्य संयन्त्र नै वास्तविकता ढोकपाछ तर्फ केन्द्रीत हुन थालेको छ । यसले राज्य संरक्षीत अपराधको स्वरुप लिएको आभाष हुन थालेको छ’, बडुको भनाई थियो।

छानविनमा संलग्न सरकारका उपसचिव वीरेन्द्र केसीले शक्तिशाली व्यक्तिबाट खतरा रहेको भन्दै राजनीना दिएको विषय समेत बडुले संसदमा उठाए ।

ुनिर्मला पन्तको आत्मा र पीडित परिवारले न्याय पाउने सम्भावना देखिन भनेर अनुसन्धानमा संलग्न केसीले भनेका छन्’, बडुले भने, ‘शक्तिशाली अपराधीबाट ज्यान जानमा खतरा भनेका छन् ।’

बडुले पत्रकार माथि समेत धरपकड सुरु भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे। साथै प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नसक्ने बताए ।

सभामुख कृष्णबहादुर महराले सरकारको ध्यानाकर्षण गराएपनि कांग्रेसले अवरोध कायम राखेको हो। ‘मन्त्रीहरु यहाँ आएका छन्ु, महराले भने, ‘जवाफ आउँछ।’

कांग्रेसले अवरोध कायम राखेपछि संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!